२०८३ भाद्र १४, आईतवार ०८:३५
२०८३ भाद्र १४, आईतवार ०८:३५
काठमाण्डौ । भोटेकोशी हुँदै आज बिहान आएको बाढीले धादिङमा ४ वटा घर र चरौँदीको झोलुङ्गे पुल बगाएको छ । यस्तै अरू केही घर जोखिममा परेका छन् । धादिङको गल्छी गाउँपालिका–४ चिरौँदीमा त्रिशूली नदीमा आएको बाढीले ४ वटा घर बगाएको हो । बिहान त्रिशूली नदीमा पानीको बहाव बढेको थियो । बहाव बढेपछि नदीले कटान गर्दा त्यहाँका थप ४र५ वटा घर जोखिममा परेका छन् । त्यस्तै गोरखाको घ्याल्चोक र धादिङको चरौँदी जोड्ने झोलुङ्गे पुल पनि त्रिशूली नदीले बगाएको छ । त्रिशूली नदीमाथिको झोलुङ्गे पुल बाढीले बगाएको हो । बाढी पूर्वानुमान महाशाखाले बिहान भोटेकोशीमा पानीको बहाव बढेपछि रसुवा, नुवाकोट र धादिङसम्म नदी तटीय…