Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

काठमाण्डौं । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ माथिको छलफल शुरू भएको छ । आजको बैठकमा ९ वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि सामूहिक छलफल शुरू भएको हो । बैठकमा मन्त्रालयको बजेटमाथि छलफल हुँदा विपक्षी सांसदहरूले खर्च कटौतीका १२ वटा प्रस्ताव पेश गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटले कर्णाली र सुदूरपश्चिमका औद्योगिक क्षेत्रलाई सम्बोधन नगरेको भन्दै एमाले र नेकपाका सांसदहरूले खर्च १ रुपैयाँ कायम गर्न प्रस्ताव दर्ता गराए । कृषि मन्त्रालयको बजेट कार्यान्वयनयोग्य नरहेको र मध्यम वर्गका किसानलाई सम्बोधन नगरेको भन्दै त्यहाँ पनि कटौतीको प्रस्ताव आयो । सरकारी विज्ञापनमा समान पहुँच नभएको र हिमाली तथा पहाडी क्षेत्रमा अझै गुणस्तरीय इन्टरनेट सेवा…
Read More
भारतीय अवरोधपछि सबै चिया उद्योग बन्द

भारतीय अवरोधपछि सबै चिया उद्योग बन्द

काठमाडौं । भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध सिर्जना गरेपछि इलामका अर्थोडक्स चिया उद्योगहरू सोमबारदेखि बन्द भएका छन् । भारतीय टी–बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण नेपाली चिया निर्यात प्रभावित भएपछि उद्योगीहरू उद्योग बन्द गर्न बाध्य भएका हुन् । नेपाल चिया उत्पादक संघका अनुसार पहाडका ५६ वटा अर्थोडक्स उद्योग आजैदेखि बन्द भएका छन् भने झापाका ३० वटा सीटीसी उद्योग ४ असारदेखि बन्द हुनेछन् । निर्यात ठप्प हुँदा लाखौं किलो चिया गोदाममा थन्किएको छ भने हजारौं मजदुर र किसान प्रत्यक्ष प्रभावित भएका छन् । उद्योगीहरूले समस्या समाधानका लागि सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन् ।
Read More
सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड

काठमाण्डौं । सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् । सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रदेश सरकारहरुको तयारी छ । कुनै प्रदेशले अघिल्लो वर्षको भन्दा आकार बढाएर, कुनैले घटाएर त कुनैले त्यही हाराहारीमा बजेट ल्याउँदैछन् । चालु आर्थिक वर्षमा सातै प्रदेशले कुल झण्डै ३ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी बजेट ल्याएका थिए । प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशको बजेट सबैभन्दा ठूलो र गण्डकी तथा कर्णालीको तुलनात्मक रूपमा सानो थियो । प्रदेशहरूले बजेट ठूलो ल्याए पनि खर्च गर्ने क्षमता भने कमजोर रहँदै आएको छ । धेरै प्रदेशको…
Read More
सभामुखलाई हर्कको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउनुहुन्छ ?

सभामुखलाई हर्कको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउनुहुन्छ ?

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्ति कहिले हटाउनुहुन्छ भन्दै सभामुख डीपी अर्यालको ध्यानाकर्षण गराएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको सो अभिव्यक्ति हटाउन सभामुखबाट आउने आदेशको व्यग्र प्रतीक्षा गरिरहेको पनि बताए । साथै उनले प्रधानमन्त्रीले पनि संसदमा आएर जवाफ दिने आशामा आफू रहेको बताए । उनले सुस्तामा भारतीय सुरक्षा फौज एसएसबी छिरेर आतङ्कित बनाउने गतिविधि भइरहेको भन्दै त्यसको विरोधमा माइतीघरमा युवाहरूले विरोध गर्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेर मुद्दा दायर गर्न लागेकोमा आपत्ति जनाए । यस विषयमा उनले गृहमन्त्रीको ध्यानाकर्षणसमेत गराए । सांसद राईले विद्यार्थीका मोबाइल खोसेर पानीमा डुबाएर मोबाइलको हत्या…
Read More
विश्वकप फुटबलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो

विश्वकप फुटबलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो

काठमाडौं । फिफा विश्वकप फुटबल अन्तर्गत समूह एफको खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हराउँदै विजयी शुरुवात गरेको छ । मेक्सिकोमा केहीबेरअघि सम्पन्न खेलमा स्वीडेनका यासिन अयारीले २ तथा अलेज्यान्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानवर्गले १–१ गोल गरे । ट्युनिसियाका ओमार रेकिकले १ गोल गरे । जितपछि स्वीडेनले ३ अंक जोडेको छ । यसै समूहको पहिलो खेलमा नेदरल्यान्ड्स र जापानले २–२ को बराबरी खेल्दै अंक बाँडेका थिए । नेदरल्यान्ड्सले र जापानले समान १ अंक जोडेको छ भने ट्युनिसिया अंकविहीन छ ।
Read More
अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनुभएको छ । सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले सम्झौतापछि विश्वको महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिने स्ट्रेट अफ हर्मुज सबैका लागि खुला हुने दाबी गर्नुभएको बीबीसीले उल्लेख गरेको छ । मध्यस्थकर्ताको भूमिका निभाइरहेको पाकिस्तानले पनि अबको २४ घण्टाभित्र सम्झौताले अन्तिम रूप पाउने अपेक्षा गरेको जनाएको छ । तर इरानले भने सम्झौता हस्ताक्षरको समयबारे अझै स्पष्ट धारणा सार्वजनिक गरिसकेको छैन । सम्झौता हुने सम्भावना भए पनि त्यसको ठ्याक्कै समय अझै स्पष्ट भइनसकेको इरानको भनाइ छ । ट्रम्पले सम्झौतापछि इरानको उच्च संवर्द्धित युरेनियम भण्डार व्यवस्थापन गरिने र त्यसलाई अन्ततः…
Read More
देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

काठमाण्डौं । आज देशका हिमाली तथा पहाडी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेष गरी कोशी प्रदेशका केही ठाउँ तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एकरदुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार मधेश प्रदेशका एकरदुई ठाउँमा पनि मध्यम वर्षाको सम्भावना छ । वर्षासँगै चट्याङ्गको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । रातिको समयमा कोशी प्रदेशका थोरै…
Read More
हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपाल हृदयरोग निवारण प्रतिष्ठानको सह–आयोजना, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशेष सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाको व्यवस्थापनमा शिविर सञ्चालन गरिएको हो। नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरका वरिष्ठ उपाध्यक्ष ध्रुव भुजेलको अध्यक्षतामा आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार भीमसागर गुरागाईं तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाका अध्यक्ष ध्रुव प्रसाद अधिकारीलगायतको उपस्थिति रहेको थियो। शिविरबाट हेटौंडा–४…
Read More
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन जना उम्मेदवारलाई पराजित गर्दै अर्याल निर्वाचित भएका हुन् । निर्वाचित अर्यालले ४१६ र डा. लामिछानेले ४१४ मत पाए । अर्याल निवर्तमान समितिमा प्रवक्ता थिए । सभापति पदमा अर्याल र लामिछाने सहित हरिबहादुर खत्री र कृष्णमान श्रेष्ठ पनि प्रतिस्पर्धामा थिए । रास्वपाको बागमती प्रदेश अधिवेशन जेठ २६ गते हेटौँडामा उद्घाटन भएको थियो । नेतृत्वमा सहमतिको प्रयास सफल नभएपछि निर्वाचन गरिएको थियो । निर्वाचन प्रक्रिया शनिबार काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा भएको थियो ।
Read More
पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रधान

मकवानपुर । थाहा नगरपालिकास्थित पालुङ क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रमान प्रधान निर्विरोध निर्वाचित हुनु भएको छ। यस अघि उपाध्यक्ष र एक कार्यकाल सञ्चालक समितिको सदस्यको अनुभव प्राप्त गरिसक्नु भएका प्रधान २३ औं क्याम्पस परिषदबाट अध्यक्ष पदमा मधुसुदन रायमाझीले दिनु भएको उमेदवारी फिर्ता लिनु भएपछि प्रधान निर्विरोध हुनु भएको हो । प्रत्यक्ष निर्वाचित हुने विधिअन्तर्गत समितिका सदस्यहरुमा राजिव कुमार स्याङ्दान, हिरेन्द्र कुमार रायमाझी, मनोज अधिकारी, सुदर्शन कार्की, सगुन कुमार ढकाल, रिता प्रधान, केदार कार्की, सहदेव ढकाल, बलराम थापा र राजकुमार केसी निर्विरोध हुनु भएको निर्वाचन अधिकृत निरञ्जन अधिकारीले जानकारी दिनुभयो । निर्विरोध निर्वाचित अध्यक्ष प्रधानले स्वीकारोक्ति मन्तव्य राख्दै स्नातक तहको लागि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.