Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

काठमाडौं । कास्कीको पोखरास्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–११, काहुँखोलाका २७ वर्षीय रिवाज गुरुङको मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ । बिहीबार (जेठ ७) बिहान करिब २ बजे फेवातालमा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए । युवक हराएको सूचनापछि उद्धारका निम्ति प्रहरी टोली परिचालन गरिएको थियो । सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गर्ने क्रममा बिहान ३ः३५ बजे गुरुङलाई अचेत अवस्थामा फेवातालबाट उद्धार गरिएको थियो । उद्धारपश्चात् उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । चिकित्सकले चेकजाँचका क्रममा उनलाई मृत घोषणा गरेका सशस्त्र प्रहरीले जनाएको छ ।
Read More
सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता

सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता

काठमाण्डौं । सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो । समितिका अनुसार कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् । यसअघि समितिले कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ जना र पशुपति सहकारीका सात जना गरी ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो । समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा…
Read More
बालबालिकामा कुपोषणको अवस्था पहिलेभन्दा बढ्यो

बालबालिकामा कुपोषणको अवस्था पहिलेभन्दा बढ्यो

काठमाण्डौं । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’को प्रारम्भिक प्रतिवेदनले बालबालिकामा कुपोषणको अवस्था विगतभन्दा बढेको देखाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख लिलाविक्रम थापाका अनुसार यस पटक चार प्रतिशत बालबालिकामा कडा शीघ्र कुपोषण भेटिएको छ, जबकि यसअघि यो दर एक प्रतिशतमात्रै थियो । थापाका अनुसार यस पटक देशभर अभियान सञ्चालन गरिएकाले पहिलेभन्दा बढी सङ्ख्यामा कुपोषित बालबालिका पहिचान भएका हुन् । विशेषगरी कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा कडा शीघ्र कुपोषण बढी देखिएको छ । यस्तो कुपोषण भएका बालबालिका अत्यन्त दुब्ला, ख्याउटे र करङ देखिने अवस्थाका हुने गर्छन् । कडा शीघ्र कुपोषण भएका…
Read More
३० अंक बढ्यो सेयर बजार, सबै सूचकमा वृद्धि

३० अंक बढ्यो सेयर बजार, सबै सूचकमा वृद्धि

काठमाडौं । अघिल्लो दिन ६ अंक घटेको सेयर बजार बुधबार ३० अंक बढेको छ । ३०.०८ अंक (१.१० प्रतिशत) बढेसँगै नेप्से परिसूचक २७५४ अंकमा कायम भएको छ । जुन अंक दिनभरको अधिकतम पनि हो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८२ करोडको भयो । आज कारोबार खुलेदेखि अन्तिम समयसम्म बजारको वृद्धि कायम रह्यो । २१ कम्पनीको मूल्य घट्यो भने २४८ को बढ्यो । एउटा कम्पनी (एनएलजी)को मूल्य स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । दुई समूह सूचक हाइड्रोपावर र होटल तथा पर्यटन सबैभन्दा धेरै १.८९ प्रतिशत बढे…
Read More
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ ३ हजार ३०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन तोलाको २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा १२५ रुपैयाँले घटेको छ । चाँदीको भाउ घटेर आज तोलाको ४ हजार ९६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
Read More
न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा

न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा

काठमाण्डौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदा बस्नुभएको छ । प्रधानन्यायाधीशमा डा। मनोजकुमार शर्माको नियुक्तिसँगै मल्ल आजदेखि बिदामा बस्नुभएको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल २० दिन बिदामा बसेको जानकारी दिनुभयो । तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । तर वैशाख २४ गते बसेको संवैधानिक परिषद्ले डा. शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गरेपछि मल्ल असन्तुष्ट हुनुहुन्थ्यो । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले हिजो पदबहाली गर्नुभएको हो । संसदीय सुनुवाइ समितिले फास्ट ट्र्याकमा सुनुवाइ गरेसँगै उहाँको नियुक्ति र पदबहालीसमेत…
Read More
आईपीएल क्रिकेटमा राजस्थानले लखनउलाई हरायो

आईपीएल क्रिकेटमा राजस्थानले लखनउलाई हरायो

ठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको छ । जयपुरमा हिजो लखनउले दिएको २२१ रनको लक्ष्य राजस्थानले १९ ओभर १ बलमा ३ विकेट गुमाउँदै २२५ रन बनाएर पूरा गर्‍यो । जितसँगै राजस्थान १४ अङ्कसहित तालिकाको स्थानमा उक्लिएको छ र प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । लखनउ ८ अङ्कसहित तालिकाको पुछारमा छ । राजस्थानका लागि वैभव सूर्यवंशीले ९३ रन बनाए । पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २२० रन बनाएको थियो । लखनउका लागि मिचेल मार्शले ९६ रन तथा जोश इङ्ग्लिसले ६० रन बनाए । राजस्थानका स्पिनर यश…
Read More
गर्मी बढेसँगै तराई क्षेत्रमा जनजीवन प्रभावित

गर्मी बढेसँगै तराई क्षेत्रमा जनजीवन प्रभावित

काठमाण्डौं । केही दिनयता तराईमा गर्मी अत्यधिक बढेको छ । पश्चिम तराईमा गर्मी उच्च हुँदै गएको छ । सुदूरपश्चिम र लुम्बिनी क्षेत्रका तराई भागमा आज पनि तातो दिन हुनेछ । ती क्षेत्रमा बढेको गर्मीले जनजीवन प्रभावित हुन थालेको छ । अत्यधिक गर्मीबाट जोगिन दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का कपडा लगाउन तथा बालबालिका, वृद्ध वृद्धा र बिरामीको विशेष ख्याल राख्न विज्ञले आग्रह गरेका छन् । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । देशका पहाडी र हिमाली भागमा साधरणतया बादल लागेको छ, भने बाँकी तराई भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको…
Read More
नेकपाको सचिवालय बैठक

नेकपाको सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरुभएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डु भक्तपुरमा बैठक सुरु भएको अध्यक्षको सचिवालयले जनाएको छ । नेतृत्व परिवर्तन र जिम्मेवारीको बहस पार्टीभित्र चलिरहेका बेला बसेको सचिवालय बैठकले ठोस निर्णय गर्ने बुझाइ एमालेजनको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बस्न लागेको पहिलो सचिवालय बैठकले नेताहरूको जिम्मेवारी बारेमा निर्णय गर्ने बताइएको छ । निर्वाचन परिणामबारे एमालेको केन्द्रीय स्तरमा अझै समीक्षा सुरु हुन सकेको छैन । एमालेले महाधिवेशनपछि नेताहरूको जिम्मेवारी पनि तोक्न बाँकी छ । सो बारेमा छलफल हुने अध्यक्ष ओलीको सचिवालयका सदस्यहरूको भनाइ छ ।
Read More
लागुऔषधसहित तीन जनालाई पक्राउ

लागुऔषधसहित तीन जनालाई पक्राउ

ढल्केबर। धनुषाको मिथिला नगरपालिका–१०, लालगढस्थित सुनौलो बस्तीबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केबर र लागुऔषध ब्युरो बर्दिवास महोत्तरीको संयुक्त टोलीले पक्राउ गरेको हो । महोत्तरीको बर्दिवास नगरपालिका–७ घर भई हाल मिथिला नगरपालिका–१०, लालगढमा बस्दै आएका ३० वर्षीय विजय लिम्बु, महोत्तरीको बर्दिवास नगरपालिका–१ निवासी २८ वर्षीय सुमन बुढाथोकी र सोही स्थानमा बस्दै आएका अन्दाजी २७ वर्षीय सागर भनिने मनकुमार लिम्बुलाई लागुऔषधसहित पक्राउ प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केबर प्रहरी निरीक्षक लक्ष्मण केसीले सुनौलो बस्तीमा विजय लिम्बुले भाडा गरी बस्दै आएको घरमा रितपूर्वक खानतलासी गर्दा ओछ्यान मुनिबाट लागुऔषध बरामद भएको बताउनुभयो । लिम्बुले घरबाट…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.