Alag Dhar

khabar khabar

392 Posts
नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका सभाले आउँदो आर्थिक वर्षका निम्ति प्रस्तुत एक अर्ब ७६ करोड रुपैयाँको बजेट पारित गरेको छ । नगरप्रमुख प्रशान्त विष्टको अध्यक्षतामा शनिबार ९असार २७० सम्पन्न १९औँ नगरसभाबाट वागेश्वरी मन्दिर क्षेत्रको सौन्दर्यीकरण, खडेश्वर जुँगे महादेव मन्दिर, १०८ फिट अग्लो हनुमान मूर्ति, व्यापारिक भवन निर्माण, जमुनाहा नाकामा प्रवेशद्वार तथा नगर बसपार्क निर्माणसम्बन्धी प्रस्ताव अनुमोदन गरिएको छ । नेपालगन्ज चक्रपथको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० शीघ्र सम्पन्न गरी कार्यान्वयन प्रक्रिया अघि बढाइने भएको छ । नगरको दिगो विकास, राजस्व आय वृद्धि, सेवा प्रवाहमा सुधार, ताल र उद्यान संरक्षण एवं हरियाली प्रवद्र्धन तथा सञ्चालन हुने परियोजनाको प्रभावकारी अनुगमनलाई बजेटमा प्राथमिकता दिइएको छ…
Read More
भोजपुर । विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्ने उद्देश्यले भोजपुरको समता स्कुलले सांस्कृतिक परम्परा संरक्षण तथा प्रवद्र्धनका लागि विशेष पहल थालेको छ । विद्यालयले विभिन्न कार्यक्रममार्फत विद्यार्थीहरूलाई स्थानीय कला, संस्कृति, परम्परा तथा जीवनशैलीबारे व्यावहारिक ज्ञान प्रदान गर्दै आएको छ । विद्यालयमा समय–समयमा सञ्चालन हुने सांस्कृतिक कक्षा, लोकनृत्य, लोकगीत, भेषभूषा प्रदर्शन, परम्परागत खेलकुद तथा चाडपर्वसम्बन्धी चेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा आफ्नो मौलिक पहिचानप्रति गर्व गर्ने भावना विकास भएको विद्यालयका प्रधानाध्यापक मुना पाण्डेले बताइन् । अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीलाई परम्परागत संस्कृति, रहनसहन तथा वेशभूषाबारे ज्ञान दिने गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन प्रधानले आधुनिक शिक्षासँगै संस्कार र संस्कृतिको…
Read More
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

काठमाण्डौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ बढेको छ । चाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ६०० रुपैयाँले बढेका हो । भाउ बढेर सुन आज तोलाको दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रबार सुनको भाउ तोलाको दुई लाख ८७ हजार ४०० रुपैयाँ रहेको थियो । चाँदी आज तोलामा ३५ रुपैयाँले घटेको छ । शुक्रबार तोलाको चार हजार ५१० रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेर तोलाको चार हजार ४७५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।
Read More
साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा : इंग्ल्यान्डसँग खेल्ने

साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा : इंग्ल्यान्डसँग खेल्ने

काठमाण्डौं । साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलले हराउँदै अर्जेन्टिना अन्तिम–४ मा पुगेको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा अर्जेन्टिनाले दुई गोल गर्‍यो । उसका जुलियन अल्भारेजले खेलको ११२औँ र लाउटारो मार्टिनेजले अन्तिम इन्जुरी समयमा गोल गरे । अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलमा एलेक्सिस म्याक एलिस्टरले १०औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । कप्तान लियोनल मेसीले गरेको कर्नर प्रहारलाई एलिस्टरले हेडरमार्फत गोल गरेका हुन् । तर खेलको ६७औँ मिनेटमा स्विट्जरल्यान्डले बराबरी गोल फर्काएको हो…
Read More
नर्वेलाई हराउँदै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाण्डौं । नर्वेसँगको खेलमा पुनरागमन जीत निकाल्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान अमेरिकाको मियामी रङ्गशालामा भएको खेलमा इंग्ल्यान्डले नर्वेलाई २–१ गोलले हरायो । इंग्ल्यान्डको जीतमा दुवै गोल जुड बेलिङ्घमले गरेका छन् । खेलको पहिलो हाफको ३६औँ मिनेटमा नर्वेका एन्ड्रियस इस्लेअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यतिर इंग्ल्यान्डका जुड बेलिङ्घमले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । दोस्रो हाफमा सात मिनेट इन्जुरी समय दिइएको थियो । निर्धारित ९०मिनेटमा कुनै टोलीले थप गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको ९३ औँ मिनेटमा बेलिङ्घमले इंग्ल्यान्डका लागि दोस्रो गोल गरे ।
Read More
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य गरेको छ । स्थानीय उत्पादनको गुणस्तर प्रमाणीकरण तथा निर्यात व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रमा उत्पादित स्याउको गुणस्तर र स्वच्छता कायम गर्दै बजारमा तिलागुफाको स्याउको विश्वसनीयता जोगाउन सिफारिस अनिवार्य गरिएको हो । जिल्ला बाहिर स्याउ निर्यात गर्ने कृषक तथा व्यवसायीले नगरपालिकाले तोकेको मापदण्डअनुसार सिफारिस लिएर मात्रै स्याउ निकासी गर्न पाउने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद काफ्लेले बताए। “निर्यात प्रक्रियालाई व्यवस्थित बनाउन नगरपालिकाले तीन चरणको प्रक्रिया तय गरेको छ, जसको पालना कृषक र व्यवसायीले अनिवार्य…
Read More
वनस्खण्डी मन्दिरमाथिको जंगलमा सामूहिक बलात्कार गर्ने ८ जनालाई ३ देखि साढे ६ वर्षसम्म कैद गर्ने फैसला

वनस्खण्डी मन्दिरमाथिको जंगलमा सामूहिक बलात्कार गर्ने ८ जनालाई ३ देखि साढे ६ वर्षसम्म कैद गर्ने फैसला

हेटौँडा । हेटौँडाकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले ८ जनालाई ३ देखि साढे ६ वर्षसम्म कैद गर्ने फैसला सुनाएको छ । उनीहरूको अभिभावकबाट साढे ९ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत भएको छ । जिल्ला न्यायाधीश गीता श्रेष्ठको इजलाशले हेटौँडा उपमहानगरपालिका-१४ का १८ वर्षीय सुजितकुमार लामालाई बलात्कार घटनाको मुख्य मतियार ठहर गर्दै साढे ३ वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने आदेश भएको छ । यसैगरी उक्त घटनाका ६ जनालाई १० वर्ष कैद तोकिएको भए पनि नाबालक भएकाले २ तिहाई मात्र कैद फैसला गरेको छ…
Read More
इंग्ल्यान्डमा जन्मिए, नर्वे रोजे; अब विश्वकपमा आफ्नै जन्मभूमिविरुद्ध

इंग्ल्यान्डमा जन्मिए, नर्वे रोजे; अब विश्वकपमा आफ्नै जन्मभूमिविरुद्ध

काठमाडौं । एर्लिङ हालान्डका लागि शनिबार हुने विश्वकप क्वार्टरफाइनल केवल अर्को खेल होइन । यो उनको जन्मभूमि इंग्ल्यान्डविरुद्ध आफ्नै देश नर्वेका लागि इतिहास रच्ने अवसर पनि हो । इंग्ल्यान्डको लिड्समा जन्मिएका हालान्डले चाहेको भए इंग्ल्यान्डबाट खेल्न सक्थे । तर उनले सधैं आफ्नो पहिचान नर्वेसँग जोडिएको बताए र अन्तर्राष्ट्रिय करिअरका लागि त्यही देश रोजे । त्यो निर्णयले उनलाई वर्षौंसम्म विश्वकपबाट टाढा राख्ने जोखिम थियो । किनभने नर्वे सन् १९९८ पछि विश्वकपमा छनोट हुन सकेको थिएन । जतिबेला नर्वेले पछिल्लोपटक विश्वकप खेलेको थियो, हालान्ड जन्मिएकै थिएनन् । तर २८ वर्षको लामो प्रतीक्षाको अन्त्य गराउँदै हालान्डले यसपटक नर्वेलाई विश्वकपको क्वार्टरफाइनलसम्म पुर्‍याएका छन् ।…
Read More
काठमाडौंमै छ आज बाढीको उच्च जोखिम

काठमाडौंमै छ आज बाढीको उच्च जोखिम

काठमाडौं । देशका केही स्थानका नदी तथा खोलामा आज बाढीको उच्च जोखिम छ । काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे भएर बग्ने नदी तथा खोलामा आज बाढीको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ । नुवाकोट, ताप्लेजुंग, संखुवासभा, तेह्रथुम, पाँचथर, खोटाङ, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी, कास्की, रसुवा, धादिङ भएर बग्ने नदी तथा खोलामा बाढीको मध्यम जोखिम छ । बारा, पर्सा, रौतहट, कपिलबस्तु, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, प्युठान, जाजरकोट, जुम्ला, दार्चुला र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम छ । “काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे र आसपासका जिल्ला…
Read More
बेल्जियमलाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाण्डौं । बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टरफाइनल खेलमा बेल्जियम २–१ गोलले पराजित भयो । स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एकरएक गोल गरे । खेलको ३०औँ मिनेटमा रुइजको गोलबाट स्पेनले अग्रता बनाएको थियो । तर खेलको ४१औँ मिनेटमा बेल्जियमका चाल्र्स डे केटलेरले गोल गरेपछि पहिलो हाफमा १–१ को बराबरी भयो । खेलको दोस्रो हाफको ८८औँ मिनेटमा स्पेनका मेरिनोले निर्णायक गोल गर्दै टोलीलाई १६ वर्षपछि सेमिफाइनलमा पुर्याए । स्पेनले यसअघि सन् २०१० मा उपाधि जितेको थियो । त्यसपछि सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको टोली सन् २०१८…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.