Alag Dhar

khabar khabar

392 Posts
बाढीले बगाएको स्कुटी भेटियो, चालक बेखबर

बाढीले बगाएको स्कुटी भेटियो, चालक बेखबर

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा सोमबार आएको आकस्मिक बाढीले बगाएको स्कुटी फेला परेको छ । चालक भने बेखबर छन् । सोमबार अपराह्न ३ बजेतिर कुलेखानी ड्याम नजिकै रहेको सिमखोला तर्ने क्रममा स्कुटीसहित चालक बाढीमा बेपत्ता भएको प्रारम्भिक जानकारी प्राप्त भएपछि प्रहरी परिचालन भएको थियो । आज बिहान स्कुटी फेला परेको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले बताए । उनका अनुसार, बा प्र ०२ ०३२ प ८०५४ नम्बरको स्कुटर भेटिएको छ । चालकको खोजी जारी छ ।  
Read More
मकवानपुर कुलेखानी नजिकैको सिमखोलाको बाढीमा बगेर स्कुटरसहित चालक बेपत्ता

मकवानपुर कुलेखानी नजिकैको सिमखोलाको बाढीमा बगेर स्कुटरसहित चालक बेपत्ता

मकवानपुर । मकवानपुरमा कुलेखानी नजिकैको सिमखोलामा आएको बाढीले स्कुटरसहित एक चालकलाई बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा सोमबार दिउँसो उक्त घटना भएको बताइएको छ । घटनाबारे स्थानीयबाट सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली घटनास्थलमा परिचालित भएको स्थानीयले जानकारी दिए । अहिलेसम्म स्कुटरको नम्बर र बेपत्ता व्यक्तिको पहिचान भएको छैन । ‘प्रत्यक्षदर्शीले बताएभन्दा बाहेक थप जानकारी केही पनि प्राप्त भएको छैन । लगातार पानी र ठूलो बाढीका कारण खोजी कार्य पनि सहज छैन,’ स्थानीयले भने ।
Read More
विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै

विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै

काठमाण्डौं । विश्वकप फुटबलमा आज रातिदेखि सेमिफाइनलका खेल शुरु हुँदैछ । फिफा वरियताका शीर्ष चार देश सेमिफाइनलमा पुगेका छन् । आज राति पहिलो सेमिफाइनल खेलमा फ्रान्स र स्पेनले खेल्दैछन् । फ्रान्स र स्पेनबीचको खेल मध्यराति पौने १ बजे हुनेछ । त्यस्तै इंग्ल्यान्ड र अर्जेन्टिनाको खेल भोलि मध्यराति पौने १ बजे हुनेछ । क्वाटरफाइनलमा फ्रान्सले मोरक्को तथा स्पेनले बेल्जियमलाई हराएको थियो । यस्तै इंग्ल्यान्डले नर्वे र अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई हराउँदै सेमिफाइनलमा पुगेको हो । अर्जेन्टिना ३ पटकको विश्व विजेता हो भने फ्रान्सले २ तथा इंग्ल्यान्ड र स्पेनले १र१ पटक उपाधि जितेका छन् । यो विश्वकपको फाइनल खेल साउन ३ गते आइतबार राति…
Read More
बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षा : आज र भोलि पनि केही ठाउँमा ठूलो पानी पर्ने

बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षा : आज र भोलि पनि केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डौं । बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षा भएको छ । गए राति देशको सुदूरपश्चिमबाहेक सबैतिर हल्कादेखि मध्यम वर्षा भएको हो । बागमती र गण्डकी प्रदेशमा केही ठाउँमा भने ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएको १२ घण्टामा बागमती प्रदेशको चितवनमा सबैभन्दा धेरै २४७ मिलिमिटर वर्षा भएको छ । चितवन लगायत तनहुँ, नवलपरासी, कास्कीमा धेरै पानी परेको छ । हिजोदेखि लगातार परिरहेको पानी रोकिएको छैन । अहिले पानी पानी परिरहेको छ । आज र भोली पनि देशका धेरैजसो ठाउँमा मध्यम देखि ठूलो वर्षा हुने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू -भागको…
Read More
नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध

नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध

काठमाण्डौ । लगातारको ठूलो वर्षापछि नारायणगढ–मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । हिजो बेलुका जिल्ला प्रशासन कार्यालय चितवनले सूचना निकालेर काठमाण्डौ उपत्यकाबाट बाहिर यात्रा नगर्न तथा रुपन्देही, नवलपरासीलगायत पश्चिम क्षेत्रबाट काठमाण्डौका लागि छुट्ने यात्रुलाई चितवनभन्दा अगाडि नबढ्न अनुरोध गरेको हो । निरन्तरको पानीका कारण मुग्लिन नारायणगढ सडक खण्डको विभिन्न ठाउँमा पहिरो लगायत माथिबाट लेदो खसेर सडक अवरुद्ध हुँदा बिच बाटोमा अलपत्र परेका एम्बुलेन्सलगायत अन्य गाडीहरूलाई पहिरो हटाई गन्तव्य तर्फ पठाउने कार्य भइरहेको छ । पहिरोको जोखिम कायमै रहेकाले जिल्ला प्रशासन कार्यालय, चितवनबाट कुनै पनि थप गाडीहरूलाई अर्को सूचना जारी नहुन्जेलसम्म आवागमनमा रोक लगाएको…
Read More
मिडिया हाउसअगाडि शंकास्पद गाडी पार्किङप्रति पत्रकार महासंघको आपत्ति

मिडिया हाउसअगाडि शंकास्पद गाडी पार्किङप्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यमका कार्यालयको गेटअगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी पत्रकारको आवतजावतमा अवरोध तथा आतंक सिर्जना गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार जारी प्रेस विज्ञप्तिमा महासंघले बिहान ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमै सवारीसाधन पार्किङ गरिएकाले पत्रकारको आवतजावतमा समस्या सिर्जना भएको उल्लेख गरेको छ। महासंघले उक्त अवरोध तत्काल हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। साथै, सञ्चारमाध्यम र पत्रकारको अधिकारको प्रयोगमा अवरोध पुर्‍याउने यस घटनाको तत्काल छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ। विज्ञप्तिमा अवरोध हटाउन सुरक्षा निकायसँग…
Read More
राहदानी उत्पादन तथा व्यवस्थापनमा आजदेखि नयाँ प्रणालीको सुरुआत

राहदानी उत्पादन तथा व्यवस्थापनमा आजदेखि नयाँ प्रणालीको सुरुआत

काठमाडौँ । राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा ल्याएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको विभागले मुलुकको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसनको सफलतापूर्वक सम्पन्न गरी राहदानी सेवा सञ्चालनमा ल्याएको हो । करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको विभागले जनाएको छ । यस्तो बृहत् सूचना प्रविधि प्रणालीको कार्यान्वयन भएपछि सुरूआतका दिनहरुमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता, राहदानी वितरणमा सामान्य ढिलाइ देखिनु स्वाभाविक हुनेछ । विभागले यस्ता सम्भावित अवस्थाको पूर्वतयारी स्वरूप विभागका प्राविधिक टोली एवं कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञ चौबीसैँ घण्टा तयारी अवस्थामा रही प्रणालीको निरन्तर अनुगमन, परीक्षण…
Read More
साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मुलुकका साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान गरेको छ । पाँचथर, इलाम, झापा, मोरङ, सप्तरी, सुनसरी, भोजपुर, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासीपूर्व, नवलपरासी पश्चिम, पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलाली र आसपास जिल्लाका साना नदीमा बाढी आउने जेखिम रहेको छ । विभागका बाढीविद् विनोद पराजुलीले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र अन्य आसपास जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेको बताउनुभयो । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै…
Read More
आज देशभर वर्षाको सम्भावना, तीन दिनको मौसम यस्तो रहनेछ

आज देशभर वर्षाको सम्भावना, तीन दिनको मौसम यस्तो रहनेछ

काठमाण्डौं । देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भैरहेको छ । पछिल्लो तीनघण्टामा सिन्धुलीको दुधौलीमा सबैभन्दा धेरै पानी परेको छ । धेरै ठाउँमा आज दिनभर झरी पर्ने र केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडका थोरै ठाउँमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई र लुम्बिनी प्रदेशको पहाड र हिमालका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । आज राति, भोलि र पर्सि पनि ठूलो वर्षाको…
Read More
सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

काठमाण्डौं । सुनचाँदीको भाउ आज घटेको छ । हप्ताको दोश्रो कारोबार दिन आज सुन २ हजार ८०० रुपैयाँले घटेर तोलाको २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ २ लाख ८८ हजार रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलमा १०० रुपैयाँले घटेर ४ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । हिजो चाँदी ३५ रुपैयाँले घटेर तोलाको ४ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.