Alag Dhar

khabar khabar

392 Posts
हेटौँडामा स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको उपचारका क्रममा मृत्यु

हेटौँडामा स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको उपचारका क्रममा मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ ओम्याक्स हल नजिक स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–४ निवासी ४८ वर्षीय सन्तोष दास रहेका छन्। मकवानपुर प्रहरीका अनुसार कर्रा चोकबाट सिमाचोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०४४ प २३९६ नम्बरको स्कुटरले सडक किनारमा उभिरहेका दासलाई ठक्कर दिएको थियो। स्कुटर मकवानपुरगढी गाउँपालिका–६ डुम्रेकुना स्थायी घर भई हाल हेटौँडा–४ नेपालचोकमा डेरा गरी बस्ने १८ वर्षीय मनिष गौतमले चलाएका थिए। दुर्घटनामा दासको टाउकोमा गम्भीर चोट लागेको थियो। स्थानीयले तत्काल उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याएका थिए। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पताल रिफर गरिएको थियो। उपचारकै…
Read More
सुनचाँदीको भाउ आज पनि घट्यो

सुनचाँदीको भाउ आज पनि घट्यो

काठमाण्डौं । सुनचाँदीको भाउ आज बुधबार पनि घटेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलाको २ लाख ९० हजार ७०० र चाँदीको भाउ तोलामा ४ हजार ६१५ रुपैयाँ थियो । तर आइतबारयता भाउ लगातार घटेको हो । हप्ताको पहिलो कारोबार दिन आइतबार ४०० रुपैयाँले, सोमबार ९०० रुपैयाँले र हिजो १ हजार ४०० रुपैयाँले घटेको सुन आज ९०० रुपैयाँले घटेको हो । हिजो २ लाख ८८ हजारमा कारोबार भएकोमा आज घटेर सुन तोलाको २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदी आइतबार १० रुपैयाँ, सोमबार २० रुपैयाँ, हिजो…
Read More
आज पहाडी र तराई क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज पहाडी र तराई क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौं । आज देशका धेरै ठाउँमा मौसम बदली भएको छ । आज दिउँसो र राति पहाडी क्षेत्र तथा तराईका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । गए राति गण्डकी, सुदूरपश्चिम र कर्णालीमा मध्यमदेखि ठूलो पानी परेको थियो । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कास्कीमा ९७ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसोपछि मधेश प्रदेश साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ । मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भागको थोरै ठाउँमा आज राति ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ…
Read More
विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा

विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा

काठमाण्डौं । फिफा विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इङ्गल्यान्डसँग तथा साबिक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ । क्वार्टरफाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्को नेपाली समयअनुसार भोलि बिहीबार मध्यराति पौने २ बजे खेल्दैछन् । दोस्रो क्वार्टरफाइनलमा स्पेन र बेल्जियमबीच शुक्रबार राति पौने १ बजे प्रतिस्पर्धा हुनेछ । स्पेनले अन्तिम–१६ मा पोर्चुगललाई १–० ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको हो । बेल्जियमले अमेरिकालाई ४–१ गोलले हराएको थियो । तेस्रो क्वार्टरफाइनलमा पहिलो पटक विश्वकपमा आमनेसामने हुन लागेका नर्वे र इङ्ग्ल्यान्डबीच शनिबार राति पौने ३ बजे खेल हुनेछ । अनि अन्तिम क्वार्टरफाइनलमा साविक…
Read More
पुनरागमन जित निकाल्दै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश

पुनरागमन जित निकाल्दै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । एन्जो फर्नान्डेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इजिप्ट विरुद्ध शानदार पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै इजिप्टलाई ३-२ ले पराजित गरेको हो । नाटकिय खेलमा ७९ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले अन्तिम ११ मिनेटमा तीन गोल फर्काएको हो । खेलको ७९ मिनेटमा कप्तान लियोनल मेसीको पासमा क्रिस्टियन रोमेरो हेडर गोल गरे । त्यसको ५ मिनेपछि मेसीले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा फर्काए । दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई ३–२…
Read More
दार्चुलामा श्रमदानबाट झोलुङ्गे पुल निर्माण गरेर फर्केको टोलीलाई हेटौँडामा स्वागत

दार्चुलामा श्रमदानबाट झोलुङ्गे पुल निर्माण गरेर फर्केको टोलीलाई हेटौँडामा स्वागत

मकवानपुर । दार्चुलामा श्रमदानबाट झोलुङ्गे पुल निर्माण गरेर फर्केको टोलीलाई हेटौँडामा स्वागत गरिएको छ । श्रम संस्कृति पार्टी मकवानपुरले झोलुङ्गे पुल निर्माण सम्पन्न गरी धरानतर्फ फर्किएका श्रमदाताहरुलाई सोमबार हेटौँडामा स्वागत गरेको हो । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको नेतृत्वमा सञ्चालित श्रमदान अभियानमार्फत दार्चुलाको व्यास गाउँपालिका–२ स्थित काठादुम्लिङमा झोलुङ्गे पुल निर्माण गरिएको छ । ७२ मिटर लामो पुल शुक्रबारदेखि सञ्चालनमा आएको हो । टोलीको अथक मिहिनेत र योगदानको कदर गर्दै स्वागत गरेको श्रम संस्कृति पार्टी मकवानपुरका अध्यक्ष युनेश लामाले जानकारी दिनुभयो ।
Read More
सात जिल्लामा बर्डफ्लु नियन्त्रण

सात जिल्लामा बर्डफ्लु नियन्त्रण

काठमाडौँ । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु रोग नियन्त्रणमा आएको छ । बर्डफ्लु सङ्क्रामक रोग हो । पन्छीजन्य यो रोग पछिल्लोपटक ११ जिल्लामा फैलिएको थियो । पशुसेवा विभागका अनुसार चार जिल्ला क्रमशः काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा बर्डफ्लु नियन्त्रणमा आउन सकेको छैन । रोगलाई नियन्त्रण गर्न विभागले प्रविधिक टोली परिचालन गरी सङ्क्रमित क्षेत्रका सम्पूर्ण पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको विभागका प्रवक्ता डा मुकुल उपाध्यायले जानकारी दिए । रोग नियन्त्रणका क्रममा पशु क्वारेन्टाइन कार्यालयले उच्च सतर्कता अपनाएर गस्ती परिचालन गरी अवैध रुपमा पैठारी गरिएका पन्छी नष्ट गरिएको थियो । हाल रोग…
Read More
सुनको भाउ  घट्यो

सुनको भाउ घट्यो

काठमाण्डौं । नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको मूल्य घटेको छ। सोमबार तोलामा नौ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८९ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार तोलामा चार हजार पाँच सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार पाँच सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४…
Read More
सिरहामा १४ लाख बढी मूल्यका अवैध सामान बरामद

सिरहामा १४ लाख बढी मूल्यका अवैध सामान बरामद

सिरहा । सिरहाका विभिन्न सीमा नाकाबाट भन्सार छलीका १४ लाख बढीको सामान बरामद भएका छन् । भारतबाट नेपालतर्फ ल्याउँदै गरेका र भारततर्फ पठाउँदै गरेको १४ लाख ३ हजार ३२६ बराबरका विभिन्न सामान सशस्त्र प्रहरीले बरामद गरेको हो । नम्बर ७ गण मुख्यालय, सिरहाका अनुसार सीमा क्षेत्रमा सञ्चालन गरिएको नियमित निगरानी तथा चेकजाँचका क्रममा मोटरसाइकल, कस्मेटिक सामग्री, पित्तलका भाँडा, मदिरा, इलेक्ट्रिक सामान, किराना सामग्री तथा डिजेल बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नम्बर ७ गण, सिरहाका प्रहरी उपरीक्षक ९एसपी० सुमन जंग थापाले सीमा क्षेत्रमा हुने भन्सार छली, तस्करी तथा अवैध ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायले नियमित रूपमा निगरानी र जाँचलाई…
Read More
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा

पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा

काठमाडौं । पोर्चुगललाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा मिकेल मेरिनोले गरेको गोल नै निर्णायक बन्यो । मेरिनोले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा फेरान टोरेसको पासमा गोल गरेको थिए । जुन स्पेनको जितका लागि पर्याप्त भयो । खेलमा बल पोजिसनदेखि सर्ट प्रहारसम्म स्पेन पोचुर्गलभन्दा अघि रह्यो । यो हारसँगै पोर्चुगल अन्तिम १६ बाट बाहिरिएको छ । यसअघि सन् २०२२ को विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलसम्म पुगेको थियो । स्पेन १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.