Alag Dhar

khabar khabar

392 Posts
सप्तरी भन्सारद्वारा गत आर्थिक वर्षमा रु सात करोड ४२ लाख राजस्व सङ्कलन

सप्तरी भन्सारद्वारा गत आर्थिक वर्षमा रु सात करोड ४२ लाख राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष २०८२/८३ मा रु सात करोड ४२ लाख राजव सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी विजयकुमार साहका अनुसार आव २०८२/८३ मा कार्यालयको वार्षिक लक्ष्य रु आठ करोड १७ लाख १५ हजार रहेकामा लक्ष्यको ९०।१ प्रतिशत अर्थात रु सात अर्ब ४२ लाख राजस्व सङ्कलन भएको छ । अघिल्लो आव २०८१/८२ मा उक्त कार्यालयले वार्षिक लक्ष्यको ८०.९३ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । भन्सार नाकासम्म पुग्ने सडक र पुल लामो समयसम्म जीर्ण हुँदा आवागमन प्रभावित भइरहेको परिस्थितिमा लक्ष्यको ९० प्रतिशत राजस्व सङ्कलन हुनु सन्तोषजनक नै मान्नुपर्ने सूचना अधिकारी साहको भनाइ छ ।
Read More
विश्व बाघ दिवस : आज राष्ट्रिय बाघ गणनाको सङ्ख्या सार्वजनिक गरिँदै

विश्व बाघ दिवस : आज राष्ट्रिय बाघ गणनाको सङ्ख्या सार्वजनिक गरिँदै

काठमाण्डौ ।   आज विश्व बाघ दिवस, हरेक वर्ष जुलाई महिनाको २९ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो । बाघको सङ्ख्या तीव्र रूपमा घट्दै गएको अवस्थालाई रोक्न र तिनको प्राकृतिक बासस्थानको संरक्षण गर्ने उद्देश्यले दिवस मनाउने गरिएको हो । कृषि, वन तथा पर्यावरण मन्त्रालयले दिवसका अवसरमा आज पछिल्लो राष्ट्रिय बाघ गणनाको सङ्ख्या सार्वजनिक गर्ने भएको छ  । नेपालमा हरेक चार वर्षमा बाघ गणना गरिन्छ । सन् २०२२ को बाघ गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ३५५ रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.…
Read More
हेटौंडाको थानाभर्‍याङ मृत्यु प्रकरण:८ जनामाथि प्रहरी अनुसन्धान

हेटौंडाको थानाभर्‍याङ मृत्यु प्रकरण:८ जनामाथि प्रहरी अनुसन्धान

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेपछि प्रहरीले होटल सञ्चालकसहित ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उक्त स्थानमा एक पुरुष मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक उमाशंकर प्रसादको नेतृत्वमा अनुसन्धान टोली घटनास्थल पुगेको थियो। घटनास्थल वरिपरि रगत देखिएपछि प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान सुरु गरेको हो। अनुसन्धानका क्रममा मृतक थाहा नगरपालिका–१० स्थायी ठेगाना भएका स्वर्गीय रामबहादुर गोपालीका ४१ वर्षीय छोरा आश्मान गोपाली रहेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे मृतकका परिवारलाई जानकारी गराइसकिएको छ। घटनाको थप अनुसन्धानका लागि बिहान ८ः३० बजे बागमती प्रदेश…
Read More
आज पहाडी र तराईका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज पहाडी र तराईका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

  काठमाण्डौ । आज पहाडी र तराई क्षेत्रका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । मौसम बदली भई लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै आजराति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । देशको हिमाली भागका थोरै ठाउँमा र पहाडी भागका केही ठाउँमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून…
Read More
चिनियाँ एआई कम्पनीलाई प्रतिबन्धको धम्की नदिन अमेरिकालाई चीनको आग्रह

चिनियाँ एआई कम्पनीलाई प्रतिबन्धको धम्की नदिन अमेरिकालाई चीनको आग्रह

चीनले अमेरिकालाई चिनियाँ कृत्तिम बुद्धिमत्ता (एआई) कम्पनीहरूलाई बदनाम गर्न र प्रतिबन्धको धम्की नदिन आग्रह गरेको छ । चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले केही वरिष्ठ अमेरिकी अधिकारीहरूले सार्वजनिक रूपमा चिनियाँ एआई कम्पनीहरूको उन्नत अमेरिकी मोडेलहरूको ‘प्रयोग’ को बारेमा अनुसन्धान गर्न आह्वान गरेको र ‘अमेरिकी बौद्धिक सम्पत्तिको चोरी’ जस्ता आधारमा उनीहरूमाथि प्रतिबन्ध लगाउन सक्ने रिपोर्टको टिप्पणी गर्नुभएको हो । चीनले विज्ञान–प्रविधि, आर्थिक र व्यापारिक मुद्दाहरूलाई राजनीतिकरण गर्ने र उपकरणीकरण गर्ने अमेरिकी अभ्यासको निरन्तर विरोध गर्दै आएको छ, साथै सबै प्रकारका आधारहीन बहानामा चिनियाँ कम्पनीहरूलाई बदनाम र प्रतिबन्ध लगाउने गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । धेरै अमेरिकी एआई कम्पनीहरूले अनुसन्धान, विकास र प्रशिक्षणको…
Read More
विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार : नामिवियासँग ३ रनले पराजित

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार : नामिवियासँग ३ रनले पराजित

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले लगातार तेस्रो खेल हारेको छ । नेदरल्यान्ड्समा चलिरहेको शृङ्खलाअन्तर्गत गएराति सम्पन्न खेलमा नेपाल नामिवियासँग ३ रनले पराजित भएको हो । २१२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २०८ रनमात्र बनाउन सक्यो । नेपालका लागि आसिफ शेखले ४५ रन, कप्तान रोहित पौडेलले ४१, आरिफ शेखले ३८, कुशल भुर्तेलले ३४ तथा गुल्शन झाले अविजित १९ रन बनाए । नामिवियाका लागि ज्याक ब्रासेलले ३ विकेट लिए भने रुबेन ट्रम्पलमनले २ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिवियाले ५० ओभरमा ७ विकेट गुमाउँदै २११ रन बनाएको थियो ।  जान…
Read More
सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाण्डौं । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खसेपछि सडक अवरुद्ध छ । चितवनको इच्छाकामना गाउँपालिका–७ मा आज बिहान पौने ९ बजे पहिरो खसेको हो । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले दुईतर्फी नै गाडी बन्द छन् । अहिले पहिरो पन्छाउन थालिएको छ । पहिरो हटाउन झण्डै डेढ घण्टा लाग्ने र त्यसबेलासम्म यात्रुलाई धैर्य गर्न कार्यालयको आग्रह छ ।
Read More
अत्यधिक गर्मी, सुख्खा मौसम र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा डढेलो फैलिंदै

अत्यधिक गर्मी, सुख्खा मौसम र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा डढेलो फैलिंदै

युरोपका दुई प्रमुख देश फ्रान्स र स्पेन अहिले दशकयताकै भीषण वन डढेलोसँग जुधिरहेका छन् । एकहप्ता अघिदेखि शुरु भएको डढेलो अत्यधिक गर्मी, सुख्खा मौसम र तीव्र हावाका कारण नियन्त्रण बाहिर गएको छ । डढेलोका कारण दुवै देशमा ३ लाख ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ भने हजारौँ अग्निनियन्त्रक, सुरक्षाकर्मी र सैनिक उद्धार तथा आगो नियन्त्रणमा खटिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । फ्रान्सको दक्षिणपश्चिम क्षेत्रमा मात्रै अहिलेसम्म ४२ हजार हेक्टरभन्दा बढी वन क्षेत्र जलेको छ, जुन दोस्रो विश्वयुद्धपछि देखिएको सबैभन्दा ठूलो वन डढेलोमध्ये एक मानिएको छ । समुद्री तटीय शहर पोर्जमा मात्रै १५० भन्दा बढी घर पूर्ण रूपमा जलेर…
Read More
गेटा विश्वविद्यालय : एकातिर संशय, अर्कातिर उत्साह

गेटा विश्वविद्यालय : एकातिर संशय, अर्कातिर उत्साह

‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको परिसरमा वर्षायामका कारण झाडी, बुट्यान र अनावश्यक वनस्पति अत्यधिक फैलिएका छन् । यसले सुरक्षित आवतजावतमा समस्या भइरहेको छ । झाडी कटान तथा सरसफाइ गर्न विश्वविद्यालयको आन्तरिक स्रोतबाट पुगेको छैन । त्यसैले सरसफाइ अभियानमा सहयोगका लागि हार्दिक अनुरोध गर्दछौँ’, यही साउन ४ गते दिउँसो ३ः२० बजे विश्वविद्यालयका उपकुलपति डा सुनिलकुमार जोशीले सामाजिक सञ्जालमा लेख्नुभयो । त्यसको भोलिपल्ट बिहान सबेरैदेखि झाडु बोकेर सयौँ नागरिक त्यहाँ पुग्न थाले । त्यसयता दैनिकजसो सयौँ विद्यार्थी, शिक्षक, व्यवसायी, कर्मचारी, युवा क्लब, सामाजिक अभियन्ता र आमनागरिकले स्वस्फूर्त विश्वविद्यालय परिसर सफाइमा जुटिरहेका छन् । पदाधिकारीको एउटा आह्वानले नागरिकमा देखिएको ऊर्जा र उत्साहले…
Read More
२३ जिल्लामा बाढीको जोखिम

२३ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं ।  आज देशका विभिन्न २३ जिल्लामा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान  महाशाखाका अनुसार मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, काठमाण्डौ, भक्तपुर, ललितपुर, लमजुङ, कास्की, तनहुँ, बाग्लुङ, म्याग्दी, पर्वत, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बर्दिया, दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा बाढीको जोखिम छ । महाशाखाको बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसँगै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल छ । महाशाखाले बाढीको जोखिम भएका जिल्ला आसपास भएर बहने खोला तथा नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेकोले सतर्कता अपनाउन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.