Alag Dhar

khabar khabar

392 Posts
हेटौंडामा  किशोरी मृत फेला

हेटौंडामा किशोरी मृत फेला

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० टिसिएन रोडस्थित डेरा गरी बस्ने एक किशोरी बिहान मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवनको भरतपुर महानगरपालिका–११ स्थायी घर भएकी अन्दाजी १७/१८ वर्षीया अनिशा विक हेटौंडा–१० मा डेरा गरी बस्दै आएकी थिइन् । उनी हेटौँडास्थित आरआरएस थकाली रोधीघरमा वेटरका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । बुधबार बिहान करिब ६ बजे डेरामा रहेका साथीहरूले उनलाई अचेत अवस्थामा फेला पारेका थिए । त्यसपछि उपचारका लागि बिहान सवा ६ बजे हेटौंडा अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गर्दा उनको मृत्यु भइसकेको पुष्टि गरेका थिए । घटना रहस्यमय भएको भन्दै थप अनुसन्धान…
Read More
बागमतीमा एमालेबाट थपलियानै मुख्यमन्त्री बन्ने सम्भावना बलियो

बागमतीमा एमालेबाट थपलियानै मुख्यमन्त्री बन्ने सम्भावना बलियो

हेटौंडा । बागमती प्रदेशमा नेकपा (एमाले) का तर्फबाट प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियानै मुख्यमन्त्री बन्ने सम्भावना बलियो बन्दै गएको छ। नेकपा एमाले र नेकपाबीच भएको सत्ता साझेदारीको भागबण्डाअनुसार बागमती प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेपछि अब पार्टीले कसलाई नेतृत्वमा अघि सार्छ भन्ने विषय केही दिनदेखि चर्चाको केन्द्रमा थियो। तर पछिल्ला राजनीतिक घटनाक्रमले संसदीय दलका नेता थपलियालाई नै मुख्यमन्त्री बनाउने दिशामा एमाले नेतृत्व पुगेको संकेत गरेका छन्। मुख्यमन्त्रीका आकांक्षीका रूपमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र पूर्व स्वास्थ्यमन्त्री किरण थापाको नाम चर्चामा रहे पनि पार्टीले संसदीय दलको नेतृत्व परिवर्तन नगरी थपलियालाई नै मुख्यमन्त्री बनाउने सम्भावना बलियो भएको अध्यक्ष ओलीसंगको भेटमा सहभागि…
Read More
स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. प्याकुरेल नियुक्त

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. प्याकुरेल नियुक्त

काठमाडौं । सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ । नियुक्तिपछि उनले पद तथा गोपनीयताको शपथ लिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार (साउन १४) स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा डा. प्याकुरेलले शपथ लिएका हुन् ।
Read More
अन्तरराष्ट्रिय मित्रता दिवसःआपसी समझदारी र मेलमिलाप प्रवर्दनमा जोड

अन्तरराष्ट्रिय मित्रता दिवसःआपसी समझदारी र मेलमिलाप प्रवर्दनमा जोड

काठमाडौं।  आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ छ । व्यक्ति, समुदाय, संस्कृति तथा राष्ट्रबीचको मित्रतामार्फत शान्ति स्थापना, सद्भाव र सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०११ मा घोषणा गरेपछि हरेक वर्ष जुलाई ३० मा यो दिवस मनाइने गरेको छ । राष्ट्रसङ्घका सदस्य देशका सरकार, अन्तरराष्ट्रिय सङ्गठन तथा नागरिक समाजलाई संवाद, ऐक्यबद्धता, आपसी समझदारी र मेलमिलापलाई प्रवर्दन गर्ने कार्यक्रम, अभियान र पहल  गर्न उक्त विश्व संस्थाले आह्वान गरेको छ । राष्ट्रसङ्घका अनुसार विभिन्न समुदाय, संस्कृति तथा राष्ट्रबीचको मित्रताले शान्ति स्थापनाका प्रयासलाई प्रेरणा दिनुका साथै समुदायहरूबीच विश्वास र सहकार्यको पुल निर्माण…
Read More
राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

काठमाडौँ ।  प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद् बैठकमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री अर्थमन्त्री, मुख्यसचिव, प्रधानसेनापति र रक्षासचिव रहने व्यवस्था छ ।रासस
Read More
आज कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ । आज पनि कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो पानी परेको बेलामा बाढी पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा हावाहुरीसमेत चल्ने सम्भावना रहेकाले सतर्क रहन महाशाखाको आग्रह छ । राति पनि कोशी प्रदेशका पहाडी तथा तराईका केही ठाउँमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम…
Read More
सरकार र चिकित्सक सङ्घबीच सहमति, आजदेखि अस्पताल खुल्ने

सरकार र चिकित्सक सङ्घबीच सहमति, आजदेखि अस्पताल खुल्ने

काठमाण्डौ । नेपाल चिकित्सक संघ र सरकारबीच ५ बुँदे सहमति भएपछि डाक्टरहरुको देशव्यापी आन्दोलन फिर्ता भएको छ । वीरगञ्जको नारायणी अस्पतालका चिकित्सकमाथि भएको आक्रमण र तोडफोडमा संलग्न व्यक्तिविरुद्ध कानुनी कारबाही गर्ने सहमति भएपछि संघले सबै आन्दोलनका कार्यक्रम फिर्ता लिई तत्काल स्वास्थ्य सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको हो । सरकार र संघबीच स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ को दफा २, ३ र १५ तथा मुलुकी अपराध संहिता, २०७४ का दफा २३२ र २३३ संशोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संसद् अधिवेशनमा संशोधन प्रस्ताव पेश गर्ने र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने सहमति…
Read More
सर्वदलीय बैठकमा विपक्षी दल : सरकार फेसबुकको स्ट्याटसमा मात्रै भेटियो

सर्वदलीय बैठकमा विपक्षी दल : सरकार फेसबुकको स्ट्याटसमा मात्रै भेटियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा विपक्षी दलले सरकारले संवेदनशील विषयमा पनि सहकार्यलाई निषेध गर्न खोजेको धारणा व्यक्त गरेका छन् । विपक्षी दल कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले यस्तो धारणा व्यक्त गरेको सहभागी नेताहरूले बताए ।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले सद्भाव र शान्ति कायमका लागि सरकारले गम्भीरता नदेखाएको भन्दै रास्वपा सभापतिलाई ध्यानाकर्षण गराएको बताए । यस्तो अवस्थामा सरकारले बैठक र संवाद बोलाउनुपर्नेमा त्यसलाई प्रधानमन्त्रीले बेवास्ता गरेको धारणा नेताहरूले राखेको उनले बताए । ''सरकार फेसबुकको स्ट्याटसमा मात्रै भेटिन्छ । फिल्डमा भेटिँदैन । सद्भाव र शान्तिको खोजी संवाद र सहकार्यबाट हुन्छ…
Read More
गोपालमान श्रेष्ठको पार्थिव शरीरमा गगन थापाले ओढाए पार्टीको झन्डा

गोपालमान श्रेष्ठको पार्थिव शरीरमा गगन थापाले ओढाए पार्टीको झन्डा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानेपामा राखिएको छ । उनको पार्थिव शरीरमा सभापति गगन थापाले पार्टीको झण्डा ओढाएका छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठको ८३ वर्षको उमेरमा मंगलबार उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएको थियो । उनको आजै (बुधबार) शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । कांग्रेस सभापति थापाले ७ साउनमा श्रेष्ठलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरिएको घोषणा गरेका थिए । तर, मनोनयनको एक साता नपुग्दै निधन भएपछि कांग्रेसले अग्रज र अनुभवी नेतालाई सदाका लागि विदाइ गर्नु परेको छ । वि.सं. २००१ मा जन्मिएका नेता श्रेष्ठले नेपाली लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा…
Read More
अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा

अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा

काठमाण्डौ । नारायणगढ–मुग्लिन सडकमा आज बिहानदेखि गाडी चल्न थालेका छन् ।  हिजो एकैदिन लगातार तीन पटक सुख्खा पहिरो झरेर अवरुद्ध यो सडकमा सडक डिभिजन कार्यालय चितवनले रातमा गाडी चलाउन रोक लगाएको थियो । खहरेखोला मुग्लिन बजार नजिकैको पहिरो हटाएको र आज बिहान ५ बजेसम्म रोक लगाएकोमा त्यसपछि गाडी चल्न थालेका हुन् । लेन अनुशासनको पालना गरी गाडी चलाउन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ । त्यस्तै पहिरोको जोखिम कायमै छ । यात्रा गर्दा सावधानी अपनाउन र सडकको अवस्था बुझेर यात्रा गर्न यात्रुलाई प्रहरीको आग्रह छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.