२०८३ श्रावण १८, सोमबार ०६:०८
२०८३ श्रावण १८, सोमबार ०६:०८
काठमाण्डौ । आज काठमाण्डौ उपत्यकासहित विभिन्न २८ जिल्लामा बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ, भक्तपुर, ललितपुर र काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम छ । अरु २४ वटा जिल्ला ताप्लेजुङ, झापा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमसहित आसपासमा रहेका साना नदीमा जलसतह बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम सम्भावना रहेको छ । आज विशेषगरी तीन वटा प्रदेश कोशी, बागमती र गण्डकीका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ । मनसुन सक्रिय रहेको हुँदा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण तथा सडक र…