२०८३ श्रावण २०, बुधबार ०५:३६
२०८३ श्रावण २०, बुधबार ०५:३६
काठमाडौं । मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका–२, तिलटारस्थित त्रिभुवन राजमार्गमा ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् । बुधबार बिहान पालुङबाट वीरगञ्जतर्फ तरकारी लिएर जाँदै गरेको मधेस प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएकाे थियाे । ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल चण्डी खोलामा खसेको प्रहरीले जनाएकाे छ । दुर्घटनामा ट्रकमा सवार ३६ वर्षीय अर्जुन कार्की गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–९ बस्ने २३ वर्षीय…