Alag Dhar

Uncategorized


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010

रास्वपा मकवानपुरमा पहिरो, सभापती भरत पराजुली काङ्ग्रेसमा प्रवेश 

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुर सभापति भरत पराजुलीले पार्टी छाडेका छन् । उनी नेपाली कांग्रेस फर्किएका हुन् । पराजुलीलाई कांग्रेस सभापति गगनकुमार थापाले आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा सोमबार बिहान पार्टीमा स्वागत गरेका छन्  । कांग्रेस प्रवेश गरेसङ्गै पराजुलिले फेसबुकमा स्ट्याटस लेखेका छन् । पराजुली आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वापाबाट टिकट नपाएपछि असन्तुष्ट थिए । पराजुलीले यसअघि २०७९ मा भएको निर्वाचनमा मकवानपुर–२ बाट १२ हजारभन्दा बढी मत प्राप्त गरेका थिए । पराजुलीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर–२ का चुनावी संयोजक निराजन बर्तौला पनि कांग्रेसमा फर्किएको बताइएको छ ।
Read More

रामेश्वर रानाको मकवानपुरगढी यात्रा : तीन पुस्ताबीचको आत्मीय संवाद

मकवानपुरगढी — फागुनको पारिलो घामसँगै मकवानपुर क्षेत्र नं. १ मा चुनावी चहलपहल तीव्र बन्दै गएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूको दौडधुप मात्र होइन, गाउँबस्तीमा आशा र भरोसाको वातावरण पनि फैलिँदै गएको देखिन्छ । यसै क्रममा नेकपा एमालेका उम्मेदवार रामेश्वर राना आइतबार मकवानपुरगढीको घरदैलो अभियानमा निस्किए । यो अभियान औपचारिक भोट माग्ने कार्यक्रममा मात्र सीमित रहेन, उम्मेदवार र मतदाताबीचको आत्मीय सम्बन्ध झल्काउने दृश्यहरूले यात्रा अझ अर्थपूर्ण बनायो । मकवानपुरगढी–४ को सामरी कुनाबाट अभियान सुरु गर्दै रानाले मतदातासँग हात जोड्दै परिचय गराइरहँदा एक स्थानीय किसानले भने, ‘हजुरलाई नचिन्ने को छ र ? हजुर कर्मठ, इमान्दार…
Read More

एमाले उम्मेदवार रामेश्वर रानाको घरदैलो अभियान तीव्र

हेटौंडा । नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार रामेश्वर रानाले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै शनिबार हेटौंडा उपमहानगरपालिका–५ र ७ नम्बर वडामा  घरदैलो अभियान सञ्चालन गरेका छन्। घरदैलोका क्रममा उम्मेदवार रानाले स्थानीय मतदातासँग भेटघाट गर्दै समृद्ध मकवानपुर निर्माणका लागि आफ्नो स्पष्ट दृष्टिकोण र कार्ययोजना प्रस्तुत गरेका थिए। विकास, रोजगारी, सुशासन र जनताको जीवनस्तर उकास्ने विषयलाई केन्द्रमा राख्दै उनले विगतको अनुभव र क्षमताका आधारमा आफू सक्षम प्रतिनिधि हुने दाबी गरे। रानाले मकवानपुरको समग्र विकासका लागि आफूले सशक्त भूमिका खेल्ने विश्वास दिलाउँदै मतदातासँग सहयोग र समर्थनको आग्रह गरेका छन् । स्थानीय बासिन्दाहरूले रानाको सरल, जनमुखी र विकासप्रेमी नेतृत्वप्रति…
Read More
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७२ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ १८ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७६ पैसा, क्यानेडियन डलर एकको…
Read More
चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि फिल्डमा

चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि फिल्डमा

मकवानपुर । आउँदो फागुन २१ को चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि फिल्डमा खटिने भएका छन् । भर्ना तथा छनोटपछि १० दिने तालिम पूरा गरेका एक लाख ४९ हजार ‘निर्वाचन प्रहरी’ अर्थात् म्यादी प्रहरी अब नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा टोलीसँगै खटिन लागेका हुन् । नेपाल प्रहरीले एक लाख ३३ हजार ९ सय ८० र सशस्त्रले १५ हजार १ सय १० निर्वाचन प्रहरीलाई गएको माघ १८ मा नियुक्तिपत्र दिएको थियो । उनीहरूले सम्बन्धित जिल्ला प्रहरी कार्यालय र गुल्महरूमा तालिम लिएका थिए । नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार तालिम पूरा भएका उनीहरुलाई चुनावी सुरक्षार्थ खटाउन लागिएको हो । प्रतिनिधिसभा सदस्य…
Read More
सिआन पुनर्स्थापना केन्द्रमा अवलोकन भ्रमण तथा अन्तरक्रिया सम्पन्न

सिआन पुनर्स्थापना केन्द्रमा अवलोकन भ्रमण तथा अन्तरक्रिया सम्पन्न

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष फुर्बा दोर्जे लामा, सामाजिक अभियन्ता सन्त लामा, सन्त गौतम तथा भुवन मैनालीले सिआन पुनर्स्थापना केन्द्रको अवलोकन भ्रमण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गर्नुभएको छ। भ्रमणका क्रममा केन्द्रमा सञ्चालन भइरहेका उपचार, पुनर्स्थापना, मनोसामाजिक परामर्श, सामाजिक पुनःएकीकरण तथा कृषि र पशुपन्छी पालनसम्बन्धी गतिविधिहरूको स्थलगत अवलोकन गरिएको थियो। साथै, केन्द्रका प्रतिनिधि तथा उपचाररत व्यक्तिहरूसँग अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो। अन्तर्क्रिया कार्यक्रममा बोल्दै वडा अध्यक्ष लामा ले लागुऔषध दुर्व्यसन न्यूनीकरण तथा पुनर्स्थापनाको क्षेत्रमा सिआन पुनर्स्थापना केन्द्रले पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले यस्ता संस्थाहरूसँग स्थानीय सरकारले आवश्यक सहयोग र समन्वय गर्ने तथा आगामी बजेट…
Read More
सपना पूरा गर्न अक्षयकोष: असहाय विद्यार्थीको लागि चार लाख

सपना पूरा गर्न अक्षयकोष: असहाय विद्यार्थीको लागि चार लाख

असहाय विद्यार्थीलाई सघाउने उद्देश्यले ऋषिङ गाउँपालिका–२ काहुँशिवपुरस्थित सहिद गङ्गा माध्यमिक विद्यालयमा रु चार लाख दुई हजारको अक्षयकोष स्थापना गरिएको छ । शुक्रबार आयोजित विद्यालयको ९९औँ वार्षिक साधारणसभाले अक्षयकोष स्थापना गरेको हो । पूर्वसांसद रणेन्द्र बरालीले आफ्ना स्वर्गीय मातापिता झिमलाल र अमृता बरालीका नाममा प्रदान गरेको रु दुई लाखबाट अक्षयकोष स्थापना गरिएको हो । यसैगरी, स्वर्गीय बुद्धि श्रेष्ठ र पूर्णमान श्रेष्ठको सम्झनामा उनीहरुका जेठा छोरा टङ्कनारायण श्रेष्ठले रु दुई लाख दुई हजारको अक्षयकोष स्थापना गरेका हुन् । सोही विद्यालयका पूर्व विद्यार्थी डम्बर बराइलीले रु ४० हजार बराबरको २० थान मेच खरिद गरिदिएका छन् । अर्का पूर्वविद्यार्थी नरजुन बरालीले बरालीले दलित तथा…
Read More
बागमतीमा राष्ट्रिय सभा सदस्यमा एमालेका दङ्गाल र काङ्ग्रेसकि देवकोटा बिजयी

बागमतीमा राष्ट्रिय सभा सदस्यमा एमालेका दङ्गाल र काङ्ग्रेसकि देवकोटा बिजयी

मकवानपुर । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बागमती प्रदेशबाट गीता देवकोटा र प्रेमप्रसाद दंगाल निर्वाचित भएका हुन्। नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। महिलातर्फ कांग्रेसकी देवकोटा र अन्य समूहबाट एमालेका  दंगाल विजयी भएका हुन् । महिलातर्फ निर्वाचित देवकोटाले प्रदेश सभाबाट ६० मत प्राप्त गर्दै ३ हजार १ सय ८० मतभार हासिल गरिन्। स्थानीय तहबाट १६१ मतसहित ३ हजार ५९ मतभार पाएपछि उनले कुल ६ हजार २ सय ३९ मतभारसहित विजय हासिल गरिन्। अन्य समूहबाट निर्वाचित दंगालले प्रदेश सभातर्फ ५९ मत प्राप्त गरी ३ हजार १ सय २७ मतभार पाए। स्थानीय तहतर्फ १६२ मतसहित ३ हजार ७८ मतभार प्राप्त…
Read More

बालेनले गरे पाथीभरा दर्शन

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहले ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शन गरेका छन् । आज बिहान मुक्कुमलुङ पुगेर साहले पाथीभराको दर्शन गरेका हुन् । उनी चुनावी अभियानका क्रममा झापाबाट इलाम हुँदै बिहीबार राति ताप्लेजुङ पुगेका थिए । बालेन चुनाव प्रचारको सिलसिलामा पूर्वी पहाडी जिल्लाको यात्रामा छन् । त्यसैक्रममा श्रीपञ्चमीको दिन पाथीभरा माताको दर्शन गर्न पुगेका हुन् ।
Read More
रुखबाट लडेर एकको  मृत्यु

रुखबाट लडेर एकको मृत्यु

बाजुरा । जिल्लाको बडीमालिका नगरपालिका–१ पिनालेखका ४८ वर्षीया लालबहादुर कार्कीको रुखबाट लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार सोमबार बेलुकी रुखमा चढेर डालेघाँस काट्ने क्रममा लडेर घाइते भएका कार्कीको उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.