Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वार्टरफाइनलमा, हालान्ड पनि गोल्डेन बुटको दौडमा

ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वार्टरफाइनलमा, हालान्ड पनि गोल्डेन बुटको दौडमा

काठमाण्डौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलले पराजित गरेको हो । नर्वेको जितमा एर्लिङ हालाण्डले २ गोल गरे । उनले खेलको ७९ औँ मिनेटमा पहिलो गोल गरेका थिए । दोस्रो गोल ९०औँ मिनेटमा गरे । ब्राजिलले दुईपटक पेनाल्टीको अवसर पाएको थियो । पहिलो पेनाल्टी ब्रुनो गिमारेसले सदुपयोग गर्न सकेनन् । अतिरिक्त समयमा नेयमारले पेनाल्टीमा गोल गरे । २८ वर्षपछि विश्वकपमा सहभागी नर्वेले ब्राजिललाई पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेको हो । अब नर्वेले क्वार्टरफाइनलमा मेक्सिको र इङ्ग्ल्यान्डबीचको बिजेतासँग खेल्नेछ । नर्वे पहिलो पटक…
Read More
बजेटमा नसमेटिएकाे विषय माैद्रिक नीतिमा व्यवस्था गर्नुपर्छ : निजी क्षेत्र

बजेटमा नसमेटिएकाे विषय माैद्रिक नीतिमा व्यवस्था गर्नुपर्छ : निजी क्षेत्र

काठमाण्डौं । निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा आज भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घका प्रतिनिधिहरूले बजेटमा छुटेका विषयहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका हुन् । महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनुभयो । अर्थतन्त्रलाई पुनर्जीवित गर्न मौद्रिक नीतिमार्फत नीतिगत सुधार नगरिएमा अर्थतन्त्रले गति लिन नसक्ने उहाँको भनाइ छ । यस्तै परिसङ्घका उपाध्यक्ष भीम घिमिरेले बजारमा माग नहुनु मुख्य समस्या भएको बताउँदै उपभोग बढाउने कार्यक्रम र क्षेत्रगत आवश्यकताअनुसार कर्जा मार्गदर्शन परिमार्जन गर्नुपर्ने सुझाव दिनुभयो । सङ्कटमा…
Read More
नवलपरासी दाउन्ने खण्डको ढलान कम्तीमा ३० वर्षसम्म टिक्ने दाबी

नवलपरासी दाउन्ने खण्डको ढलान कम्तीमा ३० वर्षसम्म टिक्ने दाबी

काठमाण्डौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यो खण्डमा गरिएको ढलान (कङ्क्रिटिङ) को आयु कम्तीमा ३० वर्ष हुने आयोजनाले दाबी गरेको छ । सडक विभाग आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चुडाराज ढकालका अनुसार दाउन्नेको भौगोलिक अवस्था र गाडीको चापलाई मध्यनजर गरी कालोपत्रेको सट्टा गुणस्तरीय ढलान गरिएको हो । ३० वर्षको आयु सुनिश्चित हुनेगरी ढलान गरेको, भार नियन्त्रण हुन सकेमा अनि डिजाइन अनुसारका अन्य मापदण्ड पालना भए ४० वर्षसम्मै ढलान टिक्ने उहाँको दाबी छ । जसले नागरिकले दाउन्नेमा भोग्दै आएको सास्ती अन्त्य हुने ढकालको विश्वास छ । उहाँले सडकको भारवहन क्षमता एकल…
Read More
सुनचाँदीको भाउ आज सामान्य घट्यो

सुनचाँदीको भाउ आज सामान्य घट्यो

मकवानपुर ।  कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ सामान्य घटेको छ । आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन आज तोलाको २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ९० हजार ७०० रुपैयाँ रहेको थियो । शुक्रबार सुनको भाउ तोलामा ७ हजार २०० रुपैयाँले बढेको थियो । त्यस्तै आज चाँदी तोलामा १० रुपैयाँले घटेको छ । भाउ घटेर चाँदी आज तोलाको ४ हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार…
Read More
हेटौँडा कपडा उद्योग सञ्चालनको तयारी

हेटौँडा कपडा उद्योग सञ्चालनको तयारी

मकवानपुर ।  सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको जानकारी गराएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले हेटौँडा कपडा उद्योग सञ्चालनका लागि परीक्षण उत्पादनको काम भइरहेको बताउनुभयो । सरकारले २०८३ साल असार १८ गते हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारको पुनः सञ्चालन गर्ने निर्णय गरेसँगै अर्थ मन्त्रालयबाट बजेट निकास भइसकेको सचिव राउतले जानकारी दिनुभयो । पछिल्लो समयमा ७ वटा बन्द भएका अथवा रुग्ण उद्योगको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन कार्य (डीडीए) रिपोर्ट बनाउने काम भइरहेको पनि उहाँले बताउनुभयो । कसरी सञ्चालन गर्ने भन्नेबारेमा भने डीडीए रिपोर्ट…
Read More
डोल्पाको गैरीगाउँमा मध्यरातमा बाढी : एक महिलाको ज्यान गयो, ६ जना घाइते

डोल्पाको गैरीगाउँमा मध्यरातमा बाढी : एक महिलाको ज्यान गयो, ६ जना घाइते

कालिकोट । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा लेदोसहित बाढी आएको छ । गएरातिको बाढीका कारण एक महिलाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । लगातारको वर्षापछि धुलाखोला र आसपासका खोल्साबाट आएको हिलो माटो र ढुङ्गासहितको बाढी गाउँमा पसेको डोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिलराज गिरीले जानकारी दिनुभयो । उहाँकाअनुसार बाढीमा घाइते भएकी स्थानीय ५६ वर्षीया आनन्दी विकलाई उद्धार गरी स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो । बाढीमा परी घाइते भएका अन्य ६ जनाको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । ५० वर्षीया चाउरी विक, ४४ वर्षीया रेउली विक, ४८ वर्षीय विष्णु विक, १५ वर्षीया निरुता…
Read More
गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारक यतिखेर नेपालको गौरव र हेटौँडाको पहिचानका रूपमा चासो र चर्चा कमाएको छ । हेटौँडाको दर्शनीयस्थलका रूपमा स्थापित यो गन्तव्यले हेटौँडा आउने स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ । विभिन्न शैक्षिक संस्थाको अवलोकन भ्रमणसँगै व्यक्तिगत रूपमा हेटौँडामा घुम्न आउने पर्यटकका लागि पनि यो नछुटाउने गन्तव्यजस्तै बनिरहेको स्मारकका व्यवस्थापक रामचन्द्र न्यौपानेले जानकारी दिए । विशेषतः सार्वजनिक विदाका दिनमा ठूलो सङ्ख्यामा पर्यटकहरू आउने गरेको जानकारी दिँदै उनले नयाँ वर्षको दिनमा त यहाँ ३० हजारसम्म पर्यटक आउने गरेको बताए । “पछिल्ला समयमा यो स्मारक नेपालकै गौरव र हेटौँडाको पहिचान बनिरहेको छ”, उनले भने,…
Read More
‘टर्बाइन’ बिग्रिएपछि म्याग्दीका दुई गाउँमा अन्धकार

‘टर्बाइन’ बिग्रिएपछि म्याग्दीका दुई गाउँमा अन्धकार

म्याग्दी । पाँच किलोवाट क्षमताको महखोला लघुजलविद्युत् परियोजनाको टर्बाइन बिग्रिएपछि जिल्लाका दुर्गम गाउँ सिस्नेरी र खवाङका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । गत सोमबारदेखि बिग्रिएको टर्बाइन आजसम्म मर्मत नहुँदा दुई गाउँका सर्वसाधारणले बिजुली उपभोग गर्न नपाएका खवाङका स्थानीय चामबहादुर पुनले दुखेसो गरे । नेपाल विद्युत् प्राधिकरणको बेनीस्थित वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बिग्रेको टर्बाइन मर्मतसम्भार वा नयाँ प्रतिस्थापन गरेर ती गाउँमा बत्ती बाल्ने प्रयासमा आफूहरू रहेको जानकारी दिए ।
Read More
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा राति ठूलो पानी पर्ने सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा राति ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौं । आज दिउँसोको तुलनामा राति ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा रातिको समयमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै दिउँसो देशका हिमाली, पहाडी तथा तराईका धेरै ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तर राति भने हिमाली र पहाडी भू–भागमा वर्षाको सम्भावना धेरै छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकरदुई ठाउँमा तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले नदी–नाला आसपास, पहिरो जाने क्षेत्र तथा सडक यात्रामा निस्कंदा विशेष सावधानी अपनाउन महाशाखाको सुझाव छ ।
Read More
सुनचाँदीको भाउ बढ्यो, सुन तोलाको २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार

सुनचाँदीको भाउ बढ्यो, सुन तोलाको २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार

काठमाण्डौं । आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ७ हजार २०० रुपैयाँले बढेर २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ हिजो पनि बढेको थियो । हिजो सुनको भाउ तोलामा ६ हजार २ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज तोलामा १६५ रुपैयाँले बढेर ४ हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । हिजो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.