Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
बागमती प्रदेश विश्वविद्यालयको पहिलो सेमेष्टरको नतिजा सात दिनमै

बागमती प्रदेश विश्वविद्यालयको पहिलो सेमेष्टरको नतिजा सात दिनमै

हेटौंडा। बागमती प्रदेश विश्वविद्यालयले परीक्षा सम्पन्न भएको एक सातामै पहिलो सेमेष्टरको नतिजा सार्वजनिक गर्दै समयमै परीक्षाफल प्रकाशन गर्ने अभ्यास सुरु गरेको छ। विश्वविद्यालयले व्यवस्थापन तथा कानुन, विज्ञान तथा प्रविधि तथा शिक्षा तथा सामाजिक विज्ञान संकायतर्फ सञ्चालित स्नातक तहको पहिलो सेमेष्टरको परीक्षाफल परीक्षा सकिएको सातौं दिनमै सार्वजनिक गरेको हो। विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टिज) का अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलका अनुसार गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई छिटो, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यअनुसार नतिजा समयमै प्रकाशन गरिएको हो। उनले आगामी दिनमा पनि परीक्षा र नतिजा प्रकाशनलाई निर्धारित कार्यतालिकाअनुसार अघि बढाइने बताए। बागमती प्रदेश विश्वविद्यालयले करिब एक वर्षअघि व्यवस्थापन तथा कानुन, विज्ञान तथा प्रविधि…
Read More
हेटौंडा–काठमाडौं छोटो दूरीको सडक १० दिन थप बन्द

हेटौंडा–काठमाडौं छोटो दूरीको सडक १० दिन थप बन्द

हेटौंडा । हेटौंडा र काठमाडौं जोड्ने छोटो दूरीको हेटौंडा–कुलेखानी–फाखेल सडकको बन्द अवधि थपिएको छ। यसअघि असार १५ गतेसम्म पूर्ण रूपमा बन्द रहने भनिएको उक्त सडक अब असार २५ गतेसम्म सञ्चालनमा नआउने भएको हो। सडक पूर्वाधार विकास कार्यालय, हेटौंडाले निर्माण कार्य पूरा गर्न थप समय आवश्यक परेकाले सडक बन्द अवधि १० दिन थपिएको जनाएको छ। कार्यालयका प्रमुख वरिष्ठ डिभिजन इन्जिनियर सुजन भण्डारीका अनुसार इन्द्रसरोवर गाउँपालिका–२ र ४ मा रहेको महालक्ष्मी खोलामाथिको पुल तथा सडकको स्लोप निर्माणको काम सम्पन्न भए पनि कंक्रिट पूर्ण रूपमा सेट हुन समय लाग्ने भएकाले तत्काल सवारी सञ्चालन गर्न नसकिने अवस्था रहेको छ। कार्यालयले सडकको स्लोप अझै पूर्ण…
Read More
हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव

हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानले व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गरिरहेका छन्। उत्पादन बढे पनि बजारीकरणमा समस्या देखिन थालेपछि नेपालमै पहिलो पटक हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव सुरु गरिएको छ। ‘उत्पादकदेखि उपभोक्तासम्म ताजा र गुणस्तरीय ड्रागन फ्रुट’ भन्ने नारासहित सुरु भएको महोत्सवमा किसानहरूले आफ्नै उत्पादन सिधै बिक्री गरिरहेका छन्। बजारमा प्रतिकिलो ५०० रुपैयाँसम्म पर्ने ड्रागन फ्रुट महोत्सवमा प्रतिकिलो २ सय रुपैँया देखि २६० रुपैयाँमै बिक्री भइरहेको छ। यसले किसानलाई उचित बजार र उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय फल उपलब्ध गराएको छ। प्रदेश कृषि थोक बजार…
Read More
हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

हेटौंडामा घरफोडी चोरीमा संलग्न एक जना पक्राउ

मकवानपुर। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार असार १० गते दिउँसो हेटौंडा–७ क्याम्पडाँडा नजिक सनगुड कोलोनी निवासी कृष्णप्रसाद गौतमको घरमा कोही नभएको अवस्थामा पूर्वतर्फको ढोका फुटाई चोरी भएको थियो। चोरीमा करिब एक तोला सुन, २५.५ तोला चाँदी १५ वटा चाँदीका सिक्का तथा नगद चार लाख रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै जाँदा रामेछापको हिमागंगा गाउँपालिका–४ स्थायी घर भई हाल हेटौंडा उपमहानगरपालिका–१५ फारलाइन बस्दै आएका २५ वर्षीय मनोज पुलामी मगरको डेरा पत्ता लगाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनको कोठामा खानतलासी…
Read More
भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

भीमफेदीमा भिरबाट लडेर वृद्धको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति करिब १० बजे भीमफेदी गाउँपालिका–३ मराङचोक निवासी करिब ६० वर्षीय चन्द्रबहादुर मोक्तानको भिरबाट खसेर मृत्यु भएको हो। प्रहरीका अनुसार मानसिक सन्तुलन ठीक नरहेको र गाउँघरमा हिँडडुल गर्दै आएका मोक्तान आफ्नै घरदेखि करिब एक किलोमिटर उत्तरतर्फ रहेको भिरबाट करिब २०० फिट तल खसेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो। घटनास्थलको मुचुल्का लगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read More
टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

टर्कीएसँग हारे पनि अमेरिका समुह डी काे विजेता

काठमाण्डौं । अमेरिकालाई पराजित गरेपनि टर्कीए विश्वकपबाट बाहिरिएको छ । अन्तिम खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । टर्कीएका लागि अन्तिम इन्जुरी समयको ८ औं मिनेटमा कान आयहानले गोल गर्दै जित दर्ता गरे । अमेरिकाका लागि अस्टिन ट्रस्टीले ३ मिनेटमै गोल गरेका थिए । त्यसपछि १० औं मिनेटमा टर्कीएका अर्दा गुलरले गोल गर्दै खेललाई बराबरीमा ल्याए । यस्तै, ३१ औं मिनेटमा टर्कीएका लागि ओर्कुन कोकुले गोल गर्दै टिमलाई २–१ गोल अन्तरले अग्रता दिलाए । अमेरिकाका लागि ४९ औं मिनेटमा सेबस्टियन बरहाल्टरले बराबरी गोल गरेका हुन् । तर, अन्तिममा टर्कीएले फेरि गोल गरेसँगै अमेरिका पराजित भयो । टर्कीए यसअघि…
Read More
मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउचरणमा प्रवेश

मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउचरणमा प्रवेश

काठमाडौं । विश्वकप फुटबलमा लगातार तीन खेलमा जित निकाल्दै मेक्सिको समूह ’ए’ को विजेता बनेको छ । आज भएको तेस्रो खेलमा चेक रिपब्लिकलाई ३–० ले पराजित गरेसँगै मेक्सिको समूहको विजेता बनेको हो । मेक्सिकोका लागि माटियो चाभेजले खेलको ५८ औँ मिनेटमा गोल गरे । यस्तै, ६१ औँ मिनेटमा जुनियो क्विनाजले गोल गरे । इन्जुरी समयमा अल्भार्डो फिडेल्गोले गोल गर्दै ३–० जित शुनिश्चित गरे । यस्तै अर्को खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई १–० ले पराजित गरेको हो । दोस्रो हाफमा थपेलो मोसेन्कोले गोल गर्दै टोलीलाई नकआउट चरणमा पु¥याएका हुन् । समूह तालिकामा चार अंक बटुल्दै उसले विश्वकपमा पहिलोपटक नकआउट चरण प्रवेश…
Read More
पूर्व–मध्यमा वर्षा, देशका धेरै स्थानमा गर्मी

पूर्व–मध्यमा वर्षा, देशका धेरै स्थानमा गर्मी

काठमाण्डौं । गएराति र आज बिहान पूर्व र मध्य भेगका केही ठाउँमा पानी परेको छ । पानी परेको ठाउँमा शितल भए पनि देशका धेरै ठाउँमा गर्मी छ । अरु ठाउँको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी छ । केही दिनदेखि ती ठाउँमा तातो हावा चलेको छ । बागमती र गण्डकी प्रदेशमा पनि गर्मी धेरै छ । आज र भोलि पनि अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । गर्मीको बेला अत्यावश्यक काममाबाहेक दिउँसो घरबाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन मौसमविदहरुको आग्रह छ । आज देशका हिमाली र पहाडी…
Read More
रास्वपा महाधिवेशनमा मतदान जारी

रास्वपा महाधिवेशनमा मतदान जारी

काठमाण्डौं । चितवनमा भैरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत मध्यरातदेखि मतदान शुरु भएको छ । महाधिवेशन शुरु भएको पाँचौ दिनमा ९९ पदका लागि विद्युतीय मतदान शुरु भएको हो । मतदान आज बिहान १० बजेसम्म चल्नेछ । ९९ पदका लागि ३८४ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारविरुद्ध परेका दाबी–बिरोधको छानबिन, उम्मेदवारी खारेजी तथा फिर्ता लिने क्रमपछि अन्तिम सूचीमा २०४ जनाको मात्रै उम्मेदवारी कायम गरिएको छ । पहिलो चरणमा सभापति र ९९ केन्द्रीय सदस्यको चुनाव हुने रास्वपाको विधानमा व्यवस्था छ । सभापतिमा रवि लामिछाने निर्विरोध भैसक्नुभएको छ । ९९ केन्द्रीय सदस्यका लागि मतदान भइरहेको हो । यसैबीच महाधिवेशनमा…
Read More
हेटौंडामा निर्माण व्यवसायीमाथि खुकुरी प्रहार

हेटौंडामा निर्माण व्यवसायीमाथि खुकुरी प्रहार

हेटौंडा । मकवानपुरका निर्माण व्यवसायी समाज घिमिरेमाथि  हेटौंडा उपमहानगरपालिका–५ स्थित टि टाइम क्याफे अगाडि खुकुरी प्रहार भएको छ। प्रहरीका अनुसार राति करिब ११ बजेतिर अज्ञात व्यक्तिले घिमिरेमाथि खुकुरी प्रहार गरेका हुन्। आक्रमणबाट घिमिरेको टाउको र अनुहारमा गहिरो चोट लागेको छ। घाइते घिमिरेलाई तत्काल उपचारका लागि हेटौंडाको सहकारी अस्पताल लगिएकोमा हाल उनी उपचाररत रहेका छन्। चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्थाबारे निरन्तर निगरानी भइरहेको छ। घटनापछि खुकुरी प्रहारमा संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनास्थल आसपासका व्यक्तिसँग सोधपुछ गर्नुका साथै उपलब्ध प्रमाण…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.