Alag Dhar

khabar khabar

390 Posts
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ ३ हजार ३०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन तोलाको २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा १२५ रुपैयाँले घटेको छ । चाँदीको भाउ घटेर आज तोलाको ४ हजार ९६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
Read More
न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा

न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा

काठमाण्डौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदा बस्नुभएको छ । प्रधानन्यायाधीशमा डा। मनोजकुमार शर्माको नियुक्तिसँगै मल्ल आजदेखि बिदामा बस्नुभएको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल २० दिन बिदामा बसेको जानकारी दिनुभयो । तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । तर वैशाख २४ गते बसेको संवैधानिक परिषद्ले डा. शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गरेपछि मल्ल असन्तुष्ट हुनुहुन्थ्यो । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले हिजो पदबहाली गर्नुभएको हो । संसदीय सुनुवाइ समितिले फास्ट ट्र्याकमा सुनुवाइ गरेसँगै उहाँको नियुक्ति र पदबहालीसमेत…
Read More
आईपीएल क्रिकेटमा राजस्थानले लखनउलाई हरायो

आईपीएल क्रिकेटमा राजस्थानले लखनउलाई हरायो

ठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको छ । जयपुरमा हिजो लखनउले दिएको २२१ रनको लक्ष्य राजस्थानले १९ ओभर १ बलमा ३ विकेट गुमाउँदै २२५ रन बनाएर पूरा गर्‍यो । जितसँगै राजस्थान १४ अङ्कसहित तालिकाको स्थानमा उक्लिएको छ र प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । लखनउ ८ अङ्कसहित तालिकाको पुछारमा छ । राजस्थानका लागि वैभव सूर्यवंशीले ९३ रन बनाए । पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २२० रन बनाएको थियो । लखनउका लागि मिचेल मार्शले ९६ रन तथा जोश इङ्ग्लिसले ६० रन बनाए । राजस्थानका स्पिनर यश…
Read More
गर्मी बढेसँगै तराई क्षेत्रमा जनजीवन प्रभावित

गर्मी बढेसँगै तराई क्षेत्रमा जनजीवन प्रभावित

काठमाण्डौं । केही दिनयता तराईमा गर्मी अत्यधिक बढेको छ । पश्चिम तराईमा गर्मी उच्च हुँदै गएको छ । सुदूरपश्चिम र लुम्बिनी क्षेत्रका तराई भागमा आज पनि तातो दिन हुनेछ । ती क्षेत्रमा बढेको गर्मीले जनजीवन प्रभावित हुन थालेको छ । अत्यधिक गर्मीबाट जोगिन दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का कपडा लगाउन तथा बालबालिका, वृद्ध वृद्धा र बिरामीको विशेष ख्याल राख्न विज्ञले आग्रह गरेका छन् । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । देशका पहाडी र हिमाली भागमा साधरणतया बादल लागेको छ, भने बाँकी तराई भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको…
Read More
नेकपाको सचिवालय बैठक

नेकपाको सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरुभएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डु भक्तपुरमा बैठक सुरु भएको अध्यक्षको सचिवालयले जनाएको छ । नेतृत्व परिवर्तन र जिम्मेवारीको बहस पार्टीभित्र चलिरहेका बेला बसेको सचिवालय बैठकले ठोस निर्णय गर्ने बुझाइ एमालेजनको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बस्न लागेको पहिलो सचिवालय बैठकले नेताहरूको जिम्मेवारी बारेमा निर्णय गर्ने बताइएको छ । निर्वाचन परिणामबारे एमालेको केन्द्रीय स्तरमा अझै समीक्षा सुरु हुन सकेको छैन । एमालेले महाधिवेशनपछि नेताहरूको जिम्मेवारी पनि तोक्न बाँकी छ । सो बारेमा छलफल हुने अध्यक्ष ओलीको सचिवालयका सदस्यहरूको भनाइ छ ।
Read More
लागुऔषधसहित तीन जनालाई पक्राउ

लागुऔषधसहित तीन जनालाई पक्राउ

ढल्केबर। धनुषाको मिथिला नगरपालिका–१०, लालगढस्थित सुनौलो बस्तीबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केबर र लागुऔषध ब्युरो बर्दिवास महोत्तरीको संयुक्त टोलीले पक्राउ गरेको हो । महोत्तरीको बर्दिवास नगरपालिका–७ घर भई हाल मिथिला नगरपालिका–१०, लालगढमा बस्दै आएका ३० वर्षीय विजय लिम्बु, महोत्तरीको बर्दिवास नगरपालिका–१ निवासी २८ वर्षीय सुमन बुढाथोकी र सोही स्थानमा बस्दै आएका अन्दाजी २७ वर्षीय सागर भनिने मनकुमार लिम्बुलाई लागुऔषधसहित पक्राउ प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केबर प्रहरी निरीक्षक लक्ष्मण केसीले सुनौलो बस्तीमा विजय लिम्बुले भाडा गरी बस्दै आएको घरमा रितपूर्वक खानतलासी गर्दा ओछ्यान मुनिबाट लागुऔषध बरामद भएको बताउनुभयो । लिम्बुले घरबाट…
Read More
वार्तामा प्रगति नभएपछि इरानमाथि ट्रम्पको दबाब

वार्तामा प्रगति नभएपछि इरानमाथि ट्रम्पको दबाब

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति वार्ता ठप्प बनेपछि कडा चेतावनी दिनुभएको छ । उहाँले समय सकिँदै गरेको भन्दै इरानलाई चाँडै सहमतिमा पुग्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत ट्रम्पले इरानले छिटो निर्णय नगरे इरानमा केही पनि बाँकी नरहने चेतावनी दिनुभएको हो । ट्रम्पको यस भनाइलाई इरानलाई तत्काल सम्झौता गर्न दबाब दिएको संकेतका रूपमा हेरिएको बीबीसीले उल्लेख गरेको छ । यसबीच ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट गर्ने कार्यक्रम रहेको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकाले तेहरानको पछिल्लो प्रस्तावमा कुनै ठोस निर्णय नदिएको आरोप छ । इरानको अर्ध–सरकारी समाचार संस्था मेहरले यस्तो…
Read More
आईपीएल क्रिकेटमा राजस्थानमाथि दिल्लीको जित, पञ्जाबलाई हराउँदै आरसिबी प्लेअफमा

आईपीएल क्रिकेटमा राजस्थानमाथि दिल्लीको जित, पञ्जाबलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाण्डौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा प्लेअफ सम्भावना कायमै राखेको छ । हिजो भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १ सय ९४ रनको लक्ष्य दिल्लीले ४ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गरेको थियो । दिल्लीका लागि केएल राहुलले सर्वाधिक ५६ रन बनाए भने अभिषेक पोरेलले ५१ रन बनाए । राजस्थानका जोफ्रा आर्चर र ब्रिजेश शर्माले २–२ तथा दसुन शनकाले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो । ध्रुव जुरेलले सर्वाधिक ५३ रन…
Read More
पानी रोकिएपछि चर्कियो गर्मी

पानी रोकिएपछि चर्कियो गर्मी

काठमाण्डौं । वर्षा कम भएसँगै देशैभर गर्मी बढेको छ । केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका ठाउँमा गर्मी बढेको हो । अब बिस्तारै गर्मी बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज र भोलि केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी हुनेछ । आज दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही ठाउँहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै ठाउँहरुमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ । यस्तै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित…
Read More
अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

काठमाण्डौं ।  गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार अब ठूलो अण्डा प्रतिक्रेट अर्थात ३० वटाको ५ सय १५ रुपैयाँ र मध्यमको ४८५ रुपैयाँ फार्मदर कायम गरिएको छ । सङ्घका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा २५ रुपैयाँ कायम गरिएको छ । यसअघि ठूलो अण्डा प्रतिक्रेट ४ सय ८५ रुपैयाँ र मध्यम अण्डा ४ सय ३५ रुपैयाँ थियो । दुई दिने बिदाले पर्यटक बढ्दा खपत बढ्नुका साथै गर्मीका  कारण अण्डा उत्पादन घटेकाले माग बढ्न गई मूल्य बढेको संघको भनाइ छ । संघका अध्यक्ष पोखरेलका अनुसार…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.