२०८२ चैत्र १, आईतवार ०८:४२
२०८२ चैत्र १, आईतवार ०८:४२
मकवानपुर । निर्माण सामग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा सन्दीप तिमल्सिना (सुदिप) सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न संघको १५ औं साधारणसभा तथा आठौं अधिवेशनले तिमल्सिनाको अध्यक्षतामा ११ सदस्यीय समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा रोशन सापकोटा, महासचिवमा जीवन ढकाल, सचिवमा सुवास दाहाल र कोषाध्यक्षमा अमित श्रेष्ठ रहनुभएको छ । यस्तै सदस्यहरुमा धर्मराज ढकाल, सत्तिस अधिकारी, काशीनाथ छत्कुली, राजन अधिकारी, सुरेश रिमाल रहनुभएको छ । एक जना सदस्य तथा सल्लाहकार समिति भने संघको पहिलो बैठकले टुङ्गो लगाउने निर्वाचन समितिका संयोजक कृष्णराम न्यौपानेले जानकारी दिनुभयो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको प्रमुख आतिथ्य तथा संघका अध्यक्ष बालकृष्ण…