२०८३ असार ५, शुक्रबार ०६:२१
२०८३ असार ५, शुक्रबार ०६:२१
काठमाण्डौं । हप्ताको अन्तिम कारोबार दिन आज शुक्रवार सुनको भाउ तोलामा १० हजार ५०० रुपैयाँले घटेको छ । आज सुन तोलाको २ लाख लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९७ हजार २०० रुपैयाँ रहेको थियो । यो हप्ता सुनको भाउ समग्रमा ११ हजार ५०० रुपैयाँले घटेको छ । सोमवार १ गते सुनको भाउ ५ हजारले बढेर तोलाको २ लाख ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै सुनको भाउ मङ्गलवार ३०० रुपैयाँले बढेको थियो भने बुधवार १ हजार २०० र हिजो बिहीवार १०० रुपैयाँले घटेको…