२०८३ कार्तिक २३, आईतवार ०९:५९
२०८३ कार्तिक २३, आईतवार ०९:५९
हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिताले गर्ने आलोचना लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनुभएको छ । स्वतन्त्र प्रेसविना लोकतन्त्र बलियो हुन नसक्ने उल्लेख गर्दै उहाँले प्रेस स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको महत्वपूर्ण आधार भएको बताउनुभयो । शनिबार प्रेस चौतारी नेपाल मकवानपुरले हेटौंडामा आयोजना गरेको चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख देवकोटाले पत्रकारिताले समाचार सम्प्रेषण गर्ने काममा मात्र सीमित नभई समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । ‘स्वतन्त्र प्रेसविना लोकतन्त्र बलियो हुन सक्दैन,’ उहाँले भन्नुभयो, ‘प्रेस स्वतन्त्र भएमा मात्र मुलुकमा लोकतान्त्रिक व्यवस्था सुदृढ हुनेछ ।’ पत्रकारिता लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र समाजमा…